Logo

Oct 27 2025 | २०८२, कात्तिक १०गते

Oct 27 2025 | २०८२, कात्तिक १०गते

images

देशभर मनसुनी प्रभाव कमजोर, केही स्थानमा भारी वर्षाको सम्भावना

देशभर मनसुनी प्रभाव कमजोर, केही स्थानमा भारी वर्षाको सम्भावना

  •  

    काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव कमजोर रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। मनसुनको न्यूनचापीय रेखा औसत स्थानको आसपासमा सक्रिय रहेकाले वर्षा गतिविधि पनि सीमित मात्रामा देखिएको छ।

    आज दिउँसो देशभर सामान्य बदली रहनेछ। कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी भू–भागका केही स्थानहरूमा तथा तराईका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङसहित मध्यम खालको वर्षा हुने सम्भावना रहेको छ। साथै, मधेश र लुम्बिनी प्रदेशका तराई क्षेत्रमा हावाहुरी चल्ने सम्भावना पनि रहेको महाशाखाले जनाएको छ।

    आज राति पनि देशभर साधारण बदलीको अवस्था रहनेछ। कोशी र सुदूरपश्चिम प्रदेशसहित पहाडी भू–भागका केही स्थानहरूमा मेघगर्जनसहित वर्षाको सम्भावना रहेको छ। त्यसैगरी, कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा भारी वर्षा हुने अनुमान गरिएको छ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij