
नेपालगन्ज ।आर्थिक वर्ष २०७९/८० को तुलनामा २०८०/८१ मा बाँके जिल्लाको विकास खर्चमा झण्डै तीन अर्ब रुपैयाँले वृद्धि भएको छ। कोष तथा लेखा नियन्त्रक कार्यालय बाँकेका प्रमुख मोहनशरण भण्डारीका अनुसार अघिल्लो आवमा पाँच अर्ब ३१ करोड ३४ लाख ६४ हजार ९६९ रुपैयाँ खर्च भएकोमा गत आव २०८०/८१ मा आठ अर्ब १२ करोड ८८ लाख ९२ हजार ३६१ रुपैयाँ खर्च भएको हो।
यसरी बाँके जिल्लाको विकास खर्चमा एक वर्षको अवधिमा दुई अर्ब ८१ करोड ५४ लाख २७ हजार ३९२ रुपैयाँ बराबरको उल्लेखनीय वृद्धि भएको हो।
भण्डारीका अनुसार संघअन्तर्गतका कार्यालयहरूले गत आवमा ८५.६४ प्रतिशत पुँजीगत बजेट खर्च गरेका छन्। जिल्लामा पुँजीगततर्फ कुल नौ अर्ब ४९ करोड २२ लाख ४६ हजार ५०० रुपैयाँ विनियोजन गरिएकोमा सो मध्ये आठ अर्ब १२ करोड ८८ लाख ९२ हजार ३६१ रुपैयाँ खर्च गरिएको छ।
यसअघि २०७९र८० मा पुँजीगततर्फ छ अर्ब १३ करोड २९ लाख १५ हजार ७१६ रुपैयाँ विनियोजनमा पाँच अर्ब ३१ करोड ३४ लाख ६४ हजार ९६९ रुपैयाँ खर्च गरिएको थियो।
बाँकेमा विकास खर्च सबैभन्दा धेरै गर्ने कार्यालयहरूमा हुलाकी सडक आयोजना, पुल योजना पश्चिम सेक्टर, सिक्टा सिँचाइ आयोजना, सडक डिभिजन कार्यालय, संघीय योजना कार्यान्वयन इकाइ, र संघीय खानेपानी तथा ढल व्यवस्थापन कार्यालय रहेका छन्।
यी कार्यालयहरूले मात्र आठ अर्ब ६० करोड सात लाख ५० हजार रुपैयाँ बजेट प्राप्त गरेकोमा सात अर्ब ३८ करोड १७ लाख ३३ हजार रुपैयाँ खर्च गरिएको जनाइएको छ।
गत आर्थिक वर्षमा बाँके जिल्लाको कुल चालु तथा पुँजीगत खर्च ९०।२० प्रतिशत रहेको थियो, जुन अघिल्लो वर्षको ९१।३७ प्रतिशत को तुलनामा थोरै घटेको हो।
कोष तथा लेखा नियन्त्रक कार्यालयका अनुसार संघीय सरकारले आव २०८०र८१ मा बाँकेलाई २२ अर्ब पाँच करोड ५० लाख नौ हजार ७४१ रुपैयाँ विनियोजन गरेको थियो। सो मध्ये १९ अर्ब ८९ करोड ४३ लाख ४० हजार २९८ रुपैयाँ खर्च गरिएको छ।
यसमा चालु खर्चतर्फ १२ अर्ब ५६ करोड २७ लाख ६३ हजार २४१ रुपैयाँ विनियोजन गरिएकोमा ११ अर्ब ७६ करोड ५४ लाख ४७ हजार ९३७ रुपैयाँ खर्च गरिएको छ।
अघिल्लो आव २०७९र८० मा भने बाँकेलाई कुल १८ अर्ब २४ करोड ७० लाख ९२ हजार ४२६ रुपैयाँ विनियोजन गरिएकोमा १६ अर्ब ६७ करोड ३३ लाख ३६ हजार १० रुपैयाँ मात्र खर्च भएको थियो।
© 2025 All right reserved to Nayasadak.com | Site By : Sobij