Logo

Oct 27 2025 | २०८२, कात्तिक १०गते

Oct 27 2025 | २०८२, कात्तिक १०गते

images

बुङ्गल हाइड्रोको आईपीओमा आवेदन दिने समय थपियो, आयोजनाबाट प्रभावित बासिन्दाका लागि साउन २६ सम्मको समय

बुङ्गल हाइड्रोको आईपीओमा आवेदन दिने समय थपियो, आयोजनाबाट प्रभावित बासिन्दाका लागि साउन २६ सम्मको समय

  •  

    काठमाडौं ।  बुङ्गल हाइड्रोपावर कम्पनी लिमिटेडले आयोजना प्रभावित स्थानीय बासिन्दाका लागि निष्काशन गरेको प्रारम्भिक सार्वजनिक निष्काशन  मा आवेदन दिने समय साउन २६ गतेसम्मका लागि थप गरिएको छ। यद्यपि, वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले भने आज (आइतबार) सम्म आवेदन दिन सक्नेछन्।

    कम्पनीले कुल जारी पूँजी ८३ करोड रुपैयाँमध्ये ३५ प्रतिशत अर्थात् २९ करोड ५ लाख रुपैयाँ बराबरका २९ लाख ५ हजार कित्ता साधारण शेयर निष्काशन गर्न पाएको हो। यसमध्ये ८ लाख ३० हजार ८२४ कित्ता शेयर आयोजनाबाट प्रभावित स्थानीय बासिन्दाका लागि छुट्याइएको छ, जुन प्रतिकित्ता १०० रुपैयाँ दरमा जारी गरिएको हो।

    आयोजनाबाट प्रभावित क्षेत्रका लागि छुट्याइएको शेयरमध्ये ६५ प्रतिशत ‘अति प्रभावित क्षेत्र’ ९बझाङ जिल्ला, बुङ्गल नगरपालिका वडा नं। ६ र ७० का बासिन्दालाई र बाँकी ३५ प्रतिशत ‘सामान्य प्रभावित क्षेत्र’ (बुङ्गल नगरपालिका वडा नं. १, २, ३, ४, ५, ८, ९, १० र ११)का बासिन्दालाई प्रदान गरिनेछ।

    यससँगै वैदेशिक रोजगारमा रहेका नेपाली नागरिकका लागि २ लाख ७ हजार ५०० कित्ता शेयर छुट्याइएको छ, जसको कुल मूल्य २ करोड ७ लाख ५० हजार रुपैयाँ छ।

    आईपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम २० हजार कित्तासम्म आवेदन दिन सकिनेछ।

    बुङ्गल हाइड्रोले १०.७० मेगावाट क्षमताको माथिल्लो सानिगाड जलविद्युत आयोजना सञ्चालनमा ल्याएको छ। आयोजनाको कुल लागत ३ अर्ब २ करोड रुपैयाँभन्दा बढी छ, जसअनुसार प्रतिमेगावाट लागत करिब २८ करोड २५ लाख रुपैयाँ परेको छ। आयोजनाको विद्युत उत्पादन अनुमतिपत्र अझै २६ वर्ष १० महिना बाँकी छ, र लगानी फिर्ता हुने अनुमानित अवधि ९.८५ वर्ष रहेको छ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij