Logo

Oct 27 2025 | २०८२, कात्तिक १०गते

Oct 27 2025 | २०८२, कात्तिक १०गते

images

राष्ट्र बैंकद्वारा बैंकिङ प्रणालीबाट ५० अर्ब रुपैयाँ तानिने, निक्षेप संकलन उपकरण प्रयोग गरी आज बोलकबोल हुने

राष्ट्र बैंकद्वारा बैंकिङ प्रणालीबाट ५० अर्ब रुपैयाँ तानिने, निक्षेप संकलन उपकरण प्रयोग गरी आज बोलकबोल हुने

  •  

    काठमाडौं । नेपाल राष्ट्र बैंकले तरलता व्यवस्थापनका लागि आज पुनः बैंकिङ प्रणालीबाट ५० अर्ब रुपैयाँ तान्ने तयारी गरेको छ। केन्द्रीय बैंकले निक्षेप संकलन उपकरण  को प्रयोग गर्दै सो रकम संकलन गर्न लागेको हो। यस अन्तर्गत आज दिउँसो ३ बजे बोलकबोल प्रक्रिया सञ्चालन हुनेछ।

    बोलकबोलमा सहभागी हुन चाहने ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाहरूले न्यूनतम १० करोड रुपैयाँ र अधिकतम ५ अर्ब रुपैयाँको भाग संलग्न गर्न सक्नेछन्। बोलकबोल ब्याजदरको आधारमा गरिनेछ भने बहुब्याजदरका आधारमा समेत प्रस्ताव राख्न सकिने व्यवस्था गरिएको छ। सहभागी संस्थाहरूले प्रस्ताव राख्दा आह्वान गरिएको कुल रकमसम्म भाग गर्दा निःशेष भाग जाने गरी बोलकबोल गर्नुपर्नेछ।

    यो निक्षेप संकलन २८ दिन अवधिको हुनेछ, जसको साँवा तथा ब्याज भुक्तानी भदौ ८ गते गरिने राष्ट्र बैंकले स्पष्ट पारेको छ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij