Logo

Jul 28 2025 | २०८२, साउन १२गते

Jul 28 2025 | २०८२, साउन १२गते

images

दसौँ राष्ट्रिय खेलकुुद प्रतियोगिताको तयारी गर्न प्रधानमन्त्रीको निर्देशन

दसौँ राष्ट्रिय खेलकुुद प्रतियोगिताको तयारी गर्न प्रधानमन्त्रीको निर्देशन

  •  

    काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले दसौँ राष्ट्रिय खेलकुद प्रतियोगिता आगामी मङ्सिरभित्र सम्पन्न गर्नेगरी चुस्त र प्रभावकारी तयारी गर्न युुवा तथा खेलकुुद मन्त्रालय र राष्ट्रिय खेलकुद परिषद्को नेतृत्वलाई निर्देशन दिनुुभएको छ ।

     

    प्रधानमन्त्री निवास, बालुवाटारमा भएको छलफल प्रधानमन्त्री ओलीले आगामी सन् २०२६ मा जापानमा हुने एसियन गेमको पूर्वसन्धयामा आयोजना हुन लागेको राष्ट्रिय खेलकुुदको तयारी थाल्न निर्देशन दिनुुभएको हो । उहाँले प्रतियोगिताको मिति र स्थान राम्रो अध्ययन गरेर निर्णय गर्न र निर्णय गरेपछि परिवर्तन नगर्न पनि आग्रह गर्नुभयो । परिषद्का संरक्षकसमेत रहनुभएका प्रधानमन्त्री ओलीले मन्त्रालय र परिषद्को नेतृत्वबीच उचित समन्वय हुनुपर्नेमा पनि जोड दिनुुभएको थियो ।

     

    छलफलमा युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरी, मन्त्रालयका सचिव डा हरिप्रसाद लम्साल, परिषद्का उपाध्यक्ष  ध्रुव आचार्य, सदस्यसचिव टङ्कलाल घिसिङलगायत सहभागी हुनुहुन्थ्यो ।

     

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij