Logo

Oct 27 2025 | २०८२, कात्तिक १०गते

Oct 27 2025 | २०८२, कात्तिक १०गते

images

राष्ट्र बैंकले १ अर्ब रुपैयाँ मुद्दती खातामा राख्ने : बैंक तथा वित्तीय संस्थालाई प्रस्ताव आह्वान

राष्ट्र बैंकले १ अर्ब रुपैयाँ मुद्दती खातामा राख्ने : बैंक तथा वित्तीय संस्थालाई प्रस्ताव आह्वान

  •  

    काठमाडौं । नेपाल राष्ट्र बैंकले उपदान तथा पेन्सन कोषमा रहेको १ अर्ब रुपैयाँ विभिन्न बैंक तथा वित्तीय संस्थाको मुद्दती खातामा राख्ने निर्णय गरेको छ। सो रकम एक वर्ष अवधिको लागि लगानी गर्न लागिएको हो।

    राष्ट्र बैंकले सोमबार एक सूचना जारी गर्दै इच्छुक वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनीहरुलाई ब्याजदरसहितको प्रस्ताव पेश गर्न आग्रह गरेको छ।

    रकमको बाँडफाँट अनुसार ८० करोड रुपैयाँ वाणिज्य बैंकमा, १५ करोड रुपैयाँ विकास बैंकमा र ५ करोड रुपैयाँ फाइनान्स कम्पनीमा राखिनेछ।

    बैंक तथा वित्तीय संस्थाहरुले साउन १४ गतेसम्म आफूले प्रस्ताव गर्न चाहेको ब्याजदर उल्लेख गरेर प्रस्ताव पत्र राष्ट्र बैंकमा पेश गर्नुपर्नेछ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij