Logo

Oct 27 2025 | २०८२, कात्तिक १०गते

Oct 27 2025 | २०८२, कात्तिक १०गते

images

रिज लाइन इनर्जी लिमिटेडको वार्षिक सभा भदौ ४ गते, आईपीओ निष्कासन प्रस्ताव पारित गरिने

रिज लाइन इनर्जी लिमिटेडको वार्षिक सभा भदौ ४ गते, आईपीओ निष्कासन प्रस्ताव पारित गरिने

  •  

    काठमाडौं । रिज लाइन इनर्जी लिमिटेडले सर्वसाधारणका लागि आईपीओ निष्कासन गर्ने प्रस्ताव सहित चौथो वार्षिक साधारण सभा भदौ ४ गते बोलाएको छ। कम्पनीको साउन ११ गते बसेको सञ्चालक समितिको बैठकले उक्त सभा ललितपुरको कुपण्डोलस्थित होटल हिमालयनमा अपरान्ह ३ बजे आयोजना गर्ने निर्णय गरेको हो।

    सभामा आईपीओ निष्कासनको प्रस्ताव पारित गरिनुका साथै कम्पनीले ७ करोड ७८ लाख ३५ हजार रुपैयाँभन्दा बढी नगद लाभांश वितरण गर्ने प्रस्ताव पनि पेश गर्नेछ।

    यसबाहेक, सभाले आर्थिक वर्ष ०८१र८२ को वार्षिक प्रतिवेदन, वित्तीय विवरण स्वीकृत गर्ने, आगामी आर्थिक वर्षका लागि लेखापरिक्षक नियुक्ती तथा पारिश्रमिक निर्धारण गर्ने र सञ्चालक समितिमा एक जना रित्त सञ्चालक चयन गर्ने प्रस्तावमाथि पनि निर्णय गर्नेछ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij