
काठमाडौं । सिद्धार्थ क्यापिटल लिमिटेडको व्यवस्थापनमा सञ्चालित सिद्धार्थ व्यवस्थित योजनाले आर्थिक वर्ष ०८१/८२ को लागि ८ प्रतिशत प्रतिफल वितरण गर्ने घोषणा गरेको छ। क्यापिटलको साउन ११ गते बसेको सञ्चालक समितिको बैठकले मुनाफाबाट करसहित उक्त प्रतिफल वितरण गर्ने निर्णय गरेको हो।
सार्वजनिक सूचनामार्फत क्यापिटलले जानकारी गराएअनुसार, यो खुलामुखी योजनाले पहिलोपटक प्रतिफल वितरण गर्न लागेको हो। साउन ११ गतेसम्म कायम रहेका इकाईधनीहरूले मात्र यो प्रतिफल प्राप्त गर्नेछन्।
खुलामुखी योजना भएकाले लाभांशलाई पुनः लगानी योजनामा सहभागी गराउने व्यवस्था पनि गरिएको छ। इच्छुक इकाईधनीहरूका लागि प्रतिफल रकम बराबरको इकाई हितग्राही खातामा जम्मा गरिनेछ।
२०७८ साल जेठ २७ गतेदेखि सञ्चालनमा आएको यस योजनाले असार मसान्तसम्म १८ करोड ९८ लाख रुपैयाँभन्दा बढी नाफा कमाइसकेको छ। सो अवधिमा योजनाको प्रतिइकाई खुद सम्पत्ति मूल्य ११ रुपैयाँ ४७ पैसा रहेको जनाएको छ।
© 2025 All right reserved to Nayasadak.com | Site By : Sobij