Logo

Jul 28 2025 | २०८२, साउन १२गते

Jul 28 2025 | २०८२, साउन १२गते

images

नेपालमा एमसिसी कार्यक्रमलाई पुनः निरन्तरता, सिफारिससहितको पत्र साउन ८ मा प्राप्त

नेपालमा एमसिसी कार्यक्रमलाई पुनः निरन्तरता, सिफारिससहितको पत्र साउन ८ मा प्राप्त

  •  

    काठमाडौँ । अमेरिकी सहायता संस्था मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसिसी) को अनुदानमा नेपालमा सञ्चालन भइरहेको एमसिसी कम्प्याक्ट कार्यक्रमलाई पुनः निरन्तरता दिइने भएको छ। अर्थमन्त्रालयका अनुसार, एमसिसीको साउन ८ गतेको पत्रमार्फत नेपालमा चालु रहेका कार्यक्रमलाई निरन्तरता दिने सिफारिस गरिएको छ।

    अर्थमन्त्रालयले सोमबार जारी गरेको विज्ञप्तिमा भनिएको छ, “नेपाल सरकार र एमसिसीबीच २०७४ साल भदौ २९ गते सम्पन्न कम्प्याक्ट सम्झौता अमेरिकी राष्ट्रपतिको गत माघ ७ गतेको आदेश अनुसार पुनरावलोकनका लागि स्थगित गरिएको थियो।” तर, हाल पुनरावलोकनको प्रक्रिया सकिएको र नेपाल कम्प्याक्टलाई निरन्तरता दिन सिफारिस गरिएको औपचारिक पत्र साउन ८ गते प्राप्त भएको मन्त्रालयले स्पष्ट पारेको छ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij