Logo

Oct 27 2025 | २०८२, कात्तिक १०गते

Oct 27 2025 | २०८२, कात्तिक १०गते

images

नबिल इन्भेष्टमेन्टलाई खुलामुखी लगानीकोष योजना सञ्चालनको अनुमति, २.५ करोड इकाई निष्कासन हुनेछ

नबिल इन्भेष्टमेन्टलाई खुलामुखी लगानीकोष योजना सञ्चालनको अनुमति, २.५ करोड इकाई निष्कासन हुनेछ

  •  

    काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेवोन) ले नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेडलाई खुलामुखी सामूहिक लगानीकोष योजना सञ्चालन गर्न अनुमति दिएको छ। साउन ८ गते बोर्डले 'एन आई ३१' नामक योजना सञ्चालनका लागि स्वीकृति प्रदान गरेको हो।

    यस योजनाअन्तर्गत प्रति इकाई १० रुपैयाँ अंकित मूल्यमा २ करोड ५० लाख इकाई निष्कासन गर्न बोर्डले अनुमति दिएको छ। यद्यपि बोर्डको वेबसाइटमा पहिले १ करोड ५० लाख इकाई निष्कासनको माग देखिएको थियो, सेवोनले सोभन्दा बढी इकाई निष्कासन गर्न स्वीकृति दिएको हो।

    उक्त योजना नबिल म्युचुअल फण्ड अन्तर्गत सञ्चालन हुनेछ। योजना निष्कासन तथा विक्री प्रबन्धकको जिम्मेवारी पनि नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेड आफैले सम्हाल्नेछ। यस योजनाको लागि आवेदन २०७९ चैत १६ गते दर्ता गरिएको थियो।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij