Logo

Oct 27 2025 | २०८२, कात्तिक १०गते

Oct 27 2025 | २०८२, कात्तिक १०गते

images

सागर डिस्टिलरीलाई आईपीओ निष्कासनको स्वीकृति, सर्वसाधारणका लागि १४ लाख कित्ता सेयर जारी हुने

सागर डिस्टिलरीलाई आईपीओ निष्कासनको स्वीकृति, सर्वसाधारणका लागि १४ लाख कित्ता सेयर जारी हुने

  •  


    काठमाडौं । सागर डिस्टिलरी लिमिटेडले सर्वसाधारणका लागि आईपीओ ल्याउन लागेको छ। कम्पनीले नेपाल धितोपत्र बोर्डमा दिएको निवेदन साउन १२ गते स्वीकृत भएको हो। अब कम्पनीले रु. १०० अंकित मूल्यमा १४ करोड ५२ लाख बराबरको १४ लाख ५२ हजार कित्ता साधारण सेयर  सर्वसाधारणमा जारी गर्नेछ।

    कम्पनीले आफ्नो जारी पूँजीको २० प्रतिशत हिस्सा सर्वसाधारणमा निष्कासन गर्न लागेको हो। यस आईपीओ बिक्री व्यवस्थापनको जिम्मा मुक्तिनाथ क्यापिटललाई दिइएको छ।

    धितोपत्र बोर्डबाट अनुमति पाएसँगै अब सागर डिस्टिलरीले नियमानुसार सेयर निष्कासनको प्रक्रिया अगाडि बढाउनेछ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij