Logo

Oct 27 2025 | २०८२, कात्तिक १०गते

Oct 27 2025 | २०८२, कात्तिक १०गते

images

एशियन लाइफ इन्स्योरेन्सको हकप्रद शेयर आवेदन म्याद साउन २० सम्म थप

एशियन लाइफ इन्स्योरेन्सको हकप्रद शेयर आवेदन म्याद साउन २० सम्म थप

  •  

    काठमाडौं ।  एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले हाल जारी गरिरहेको ४२ प्रतिशत हकप्रद शेयरमा आवेदन दिने अवधि थप गरिएको छ। अब लगानीकर्ताहरुले साउन २० गतेसम्म आवेदन दिन सक्नेछन्।

    कम्पनीले १० कित्ता बराबर ४.२ कित्ता को अनुपातमा हकप्रद शेयर निष्काशन गरिरहेको हो। यसअनुसार कम्पनीले कुल १ अर्ब ४२ करोड ७९ लाख ३१ हजार २४८ रुपैयाँ बराबरको, प्रति शेयर १०० रुपैयाँ अंकित मूल्यका १ करोड ४२ लाख ७९ हजार ३१२.४८ कित्ता शेयर निष्काशनमा ल्याएको हो।

    यो हकप्रद शेयरको लागि कम्पनीले जेठ १६ गते बुक क्लोज गरेको थियो। त्यसैले जेठ १४ गतेसम्म नेप्सेमा शेयर कारोबार भई कायम रहेका शेयरधनीहरूले आवेदन दिन सक्नेछन्।

    मुक्तिनाथ क्यापिटल लिमिटेड यस हकप्रद शेयर निष्काशन तथा बिक्रीको प्रबन्धक रहेको छ। इच्छुक शेयरधनीहरूले मुक्तिनाथ क्यापिटलसँगै मुक्तिनाथ विकास बैंकका विभिन्न शाखाहरु ९बिर्तामोड, विराटनगर, जनकपुर, नारायणगढ, पोखरा(चिप्लेढुंगा, नेपालगञ्ज, सुर्खेत, धनगढी, महेन्द्रनगर, बुटवल० तथा एशियन लाइफ इन्स्योरेन्सको कार्यालयहरूबाट पनि आवेदन दिन सक्नेछन्।

    त्यसैगरी, नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त आस्वा सेवा प्रदायक बैंक तथा वित्तीय संस्थाहरू र सीडीएस एण्ड क्लियरिङ लिमिटेडको ‘मेरो शेयर’ अनलाइन प्रणालीमार्फत पनि सि(आस्वा प्रणाली प्रयोग गरेर सजिलै आवेदन दिन सकिने व्यवस्था गरिएको छ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij