Logo

Oct 27 2025 | २०८२, कात्तिक १०गते

Oct 27 2025 | २०८२, कात्तिक १०गते

images

बागमती प्रदेशका खानेपानी, ऊर्जा तथा सिँचाइमन्त्री खड्काद्वारा राजीनामा

बागमती प्रदेशका खानेपानी, ऊर्जा तथा सिँचाइमन्त्री खड्काद्वारा राजीनामा

  •  

    बागमती । बागमती प्रदेशका खानेपानी, ऊर्जा तथा सिँचाइमन्त्री श्यामबहादुर खड्काले आज मन्त्री पदबाट राजीनामा दिनुभएको छ । मुख्यमन्त्री बहादुरसिंह लामा तामाङलाई आज उहाँले राजीनामा बुझाउनुभएको हो । 

     

    कांग्रेस संसदीय दलको कार्यालयमा दलका नेता तथा मुख्यमन्त्री लामाविरुद्ध दर्ता भएको अविश्वासको प्रस्तावमाथि छलफल भइरहेका बेला मन्त्री खड्काले पदबाट राजीनामा दिनुभएको छ । 

     

    यसअघि गत शुक्रबार कांग्रेसबाट प्रदेश सरकारमा सहभागी आन्तरिक मामिला तथा कानुनमन्त्री सुरजचन्द्र लामिछाने, संस्कृति तथा पर्यटनमन्त्री विमल ठकुरी, सहकारी तथा गरिबी निवारणमन्त्री मदुकुमार श्रेष्ठ, युवा तथा खेलकुदमन्त्री मीनकृष्ण महर्जनले राजीनामा दिनुभएको थियो । सोही दिन मुख्यमन्त्री लामाले चारै मन्त्रीलाई पदमुक्त गर्नुभएको थियो । 

     

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij