Logo

Oct 27 2025 | २०८२, कात्तिक १०गते

Oct 27 2025 | २०८२, कात्तिक १०गते

images

श्रीनगर एग्रीटेक इन्डष्ट्रिज लिमिटेडलाई आईपीओ निष्कासनको अनुमति, ३२ लाख कित्ता सर्वसाधारणलाई उपलब्ध

श्रीनगर एग्रीटेक इन्डष्ट्रिज लिमिटेडलाई आईपीओ निष्कासनको अनुमति, ३२ लाख कित्ता सर्वसाधारणलाई उपलब्ध

  •  

    काठमाडौं । श्रीनगर एग्रीटेक इन्डष्ट्रिज लिमिटेडले सर्वसाधारणका लागि प्रारम्भिक सार्वजनिक निष्कासन ९क्ष्एइ० ल्याउने अनुमति प्राप्त गरेको छ। नेपाल धितोपत्र बोर्ड (सेवोन) बाट कम्पनीले साउन १३ गते अनुमति पाएको हो।

    सेवोनले कम्पनीलाई प्रति शेयर १०० रुपैयाँ अंकित मूल्यका ३२ करोड ६२ लाख ५० हजार रुपैयाँ बराबरका ३२ लाख ६२ हजार ५०० कित्ता आईपीओ निष्कासन गर्न स्वीकृति दिएको हो। कम्पनीले यो निष्कासन आफ्ना उद्योग प्रभावित स्थानीयबासी र सर्वसाधारण लगानीकर्ताहरूलाई लक्षित गर्दै ल्याउन लागेको हो।

    श्रीनगर एग्रीटेकले आफ्नो जारी पूँजीको २० प्रतिशत हिस्सा आईपीओमार्फत निष्कासन गर्दैछ। हाल कम्पनीमा संस्थापकतर्फ ८० प्रतिशतको आधारमा १ अर्ब ३० करोड ५० लाख रुपैयाँ चुक्तापूँजी रहेको छ। आईपीओ निष्कासन तथा बाँडफाँटपछि कम्पनीको चुक्तापूँजी १ अर्ब ६३ करोड १२ लाख ५० हजार रुपैयाँ पुग्नेछ।

    कम्पनीको आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकको जिम्मेवारी नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेड ले पाएको छ। आईपीओ निष्कासनको मिति र प्रक्रिया सम्बन्धी थप जानकारी सार्वजनिक गरिने तयारीमा छ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij