Logo

Oct 27 2025 | २०८२, कात्तिक १०गते

Oct 27 2025 | २०८२, कात्तिक १०गते

images

कालिका लघुवित्तले चौथो त्रैमाससम्म १० करोड ८० लाख खुद नाफा, ३६% बढी वृद्धि

कालिका लघुवित्तले चौथो त्रैमाससम्म १० करोड ८० लाख खुद नाफा, ३६% बढी वृद्धि

  • काठमाडौं । कालिका लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको चौथो त्रैमाससम्म १० करोड ८० लाख रुपैयाँभन्दा बढी खुद नाफा कमाउन सफल भएको छ। अघिल्लो वर्षको सोही अवधिमा कमाएको ७ करोड ९२ लाख रुपैयाँको तुलनामा यस वर्ष कम्पनीको नाफामा ३६.४२ प्रतिशतको उल्लेखनीय वृद्धि भएको हो।

    कम्पनीको वितरणयोग्य नाफा ६ करोड १९ लाख रुपैयाँभन्दा बढी रहेको छ। गत वर्ष कम्पनीको कुल सञ्चालन आम्दानी करिब ५५ प्रतिशतले बढेपछि नाफामा सकारात्मक असर परेको हो। विशेषगरी सञ्चालन नाफा ९६ प्रतिशतले वृद्धि भएर अघिल्लो वर्षको ७ करोड ८७ लाख रुपैयाँबाट १५ करोड ४२ लाख रुपैयाँभन्दा बढी पुगेको छ।

    हाल कालिका लघुवित्तको चुक्तापूँजी ४० करोड ७६ लाख ९२ हजार रुपैयाँ रहेको छ भने जगेडा कोष २८ करोड ८३ लाख रुपैयाँभन्दा बढी कायम गरिएको छ। कम्पनीले विगत १२ महिनामा १ अर्ब ६४ करोड रुपैयाँभन्दा बढी निक्षेप संकलन गरेको छ भने ४ अर्ब ८४ करोड रुपैयाँभन्दा बढी कर्जा प्रवाह गरेको छ। यो निक्षेप संकलनमा २० प्रतिशत वृद्धि र कर्जा प्रवाहमा २४.३९ प्रतिशतको वृद्धि दर्शाउँछ।

    तर, निष्क्रिय कर्जा (NPL) भने अघिल्लो वर्षको ३.७९ प्रतिशतबाट बढेर ४.६७ प्रतिशत पुगेको छ, जुन सावधानीको संकेत हो।

    कम्पनीको प्रतिशेयर आम्दानी (EPS) २६ रुपैयाँ ५१ पैसा रहेको छ भने प्रतिशेयर नेटवर्थ १८६ रुपैयाँ ४४ पैसा कायम रहेको छ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij