Logo

Oct 27 2025 | २०८२, कात्तिक १०गते

Oct 27 2025 | २०८२, कात्तिक १०गते

images

हिमालयन लघुवित्तको ९ करोड १७ लाख खुद नाफा, घाटाबाट मुनाफातर्फ उल्लेखनीय सुधार

हिमालयन लघुवित्तको ९ करोड १७ लाख खुद नाफा, घाटाबाट मुनाफातर्फ उल्लेखनीय सुधार

  •  

    काठमाडौं । हिमालयन लघुवित्त वित्तीय संस्था लिमिटेडले अघिल्लो वर्षको घाटाबाट गदै चालु आर्थिक वर्षको चौथो त्रैमाससम्म ९ करोड १७ लाख रुपैयाँभन्दा बढी खुद नाफा आर्जन गरेको छ। अघिल्लो वर्ष सोही अवधिमा कम्पनी २० लाख रुपैयाँभन्दा बढी नोक्सानीमा थियो, जसको तुलनामा यो वर्षको नाफा द्रुत सुधारको संकेत हो।

    नाफा वृद्धिको प्रमुख कारणहरूमा इम्पेरमेन्ट चार्ज वापत ३० लाख रुपैयाँभन्दा बढी रकम फिर्ता हुनु, र कुल सञ्चालन आम्दानीमा करिब ५३ प्रतिशतको वृद्धि हुनु प्रमुख मानिन्छ। यी दुवै पक्षहरूले कम्पनीको आम्दानीमा सकारात्मक प्रभाव पारेका छन्।

    प्रमुख वित्तीय सूचकहरू:
    वितरणयोग्य नाफा: ६ करोड ३१ लाख रुपैयाँभन्दा बढी (अघिल्लो वर्ष ऋणात्मक २२ लाख ८९ हजार)

    चुक्तापूँजी: ३१ करोड ९८ लाख रुपैयाँभन्दा बढी

    जगेडा कोष: ११ करोड ९२ लाख रुपैयाँभन्दा बढी

    निक्षेप संकलन: १ अर्ब ६४ करोड रुपैयाँभन्दा बढी

    कर्जा प्रवाह: ४ अर्ब ८४ करोड रुपैयाँभन्दा बढी

    यद्यपि, कम्पनीको निष्क्रिय कर्जा अनुपात  अघिल्लो वर्षको ३.४९ प्रतिशतबाट बढेर ५.३३ प्रतिशत पुगेको छ, जुन जोखिम सूचकका हिसाबले सचेत रहनुपर्ने विषय हो।

    प्रतिशेयर प्रदर्शन:
    प्रतिशेयर आम्दानी :२८ रुपैयाँ ७० पैसा

    प्रतिशेयर नेटवर्थ: १४८ रुपैयाँ १६ पैसा

    नाफामा देखिएको यो उल्लेखनीय सुधारले हिमालयन लघुवित्तको वित्तीय स्थायित्वलाई थप मजबुत बनाएको छ। 

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij