Logo

Oct 27 2025 | २०८२, कात्तिक १०गते

Oct 27 2025 | २०८२, कात्तिक १०गते

images

नेपाल राष्ट्र बैंकले बैंकिङ प्रणालीबाट २५ अर्ब रुपैयाँ संकलन गर्ने तयारी

नेपाल राष्ट्र बैंकले बैंकिङ प्रणालीबाट २५ अर्ब रुपैयाँ संकलन गर्ने तयारी

  •  

    काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंकिङ प्रणालीमा अत्यधिक तरलता थुप्रिएपछि पुनः २५ अर्ब रुपैयाँ संकलन गर्न लागिएको छ। यसका लागि आज दिउँसो ३ बजे राष्ट्र बैंकले बोलकबोल प्रक्रिया सञ्चालन गर्ने जनाएको छ।

    बैंक तथा वित्तीय संस्थाले न्यूनतम १० करोड रुपैयाँदेखि सुरु गरेर पाँच करोड रुपैयाँको गुणकमा भाग लगाएर बोलकबोल गर्न सक्नेछन्, जसमा बाँकी रकम निस्कन्छ। बोलकबोल प्रक्रिया बहुब्याजदरमा पनि गर्न सकिने व्यवस्था रहेको छ। यस कार्यक्रममा ‘क’, ‘ख’, र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्था मात्र सहभागी हुन पाउनेछन्।

    यस निक्षेप संकलन उपकरणको अवधि ४२ दिन रहनेछ र त्यसको साँवा तथा ब्याज भदौ २५ गते भुक्तानी गरिने राष्ट्र बैंकले जनाएको छ। यो कदम बैंकिङ प्रणालीमा सन्तुलन कायम राख्न र तरलताको अधिकता व्यवस्थापन गर्न राष्ट्र बैंकको नीति अनुसार गरिएको हो।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij