Logo

Oct 26 2025 | २०८२, कात्तिक ९गते

Oct 26 2025 | २०८२, कात्तिक ९गते

images

रिभर फल्स पावरले हकप्रद शेयर निष्काशनका लागि बुक क्लोज मिति सार्वजनिक

रिभर फल्स पावरले हकप्रद शेयर निष्काशनका लागि बुक क्लोज मिति सार्वजनिक

  •  

    काठमाडौं । रिभर फल्स पावर लिमिटेडले हकप्रद शेयर निष्काशनको प्रक्रिया अघि बढाउँदै बुक क्लोज मिति तोकेको छ। कम्पनीले साउन २६ गते (एक दिनका लागि) बुक क्लोज गर्ने निर्णय गरेको छ। यस अनुसार, साउन २५ गतेसम्म नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा शेयर कारोबार गरी कायम रहेका शेयरधनीहरूले हकप्रद शेयरमा आवेदन दिन सक्नेछन्।

    कम्पनीले हालको चुक्ता पूँजीको १ बराबर १ अनुपातमा (१००% हकप्रद) हकप्रद शेयर जारी गर्न लागेको हो। यस अन्तर्गत कुल ७० करोड रुपैयाँ बराबरको, प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यका ७० लाख कित्ता शेयर निष्काशन गरिनेछ।

    रिभर फल्स पावरको हकप्रद शेयर निष्काशन तथा बिक्री व्यवस्थापन प्रभु क्यापिटल लिमिटेडले गर्नेछ। 

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij