Logo

Oct 26 2025 | २०८२, कात्तिक ९गते

Oct 26 2025 | २०८२, कात्तिक ९गते

images

जोशी हाइड्रोपावरको ६५% हकप्रद शेयर निष्काशन खुला, भदौ ४ गतेसम्म आवेदन दिन सकिने

जोशी हाइड्रोपावरको ६५% हकप्रद शेयर निष्काशन खुला, भदौ ४ गतेसम्म आवेदन दिन सकिने

  •  

    काठमाडौं । जोशी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले आजदेखि हकप्रद शेयर निष्काशन तथा बिक्री प्रक्रिया औपचारिक रूपमा सुरु गरेको छ। कम्पनीले हाल कायम चुक्ता पूँजीको ६५% बराबरको हकप्रद शेयर निष्काशन गर्दैछ।

    कम्पनीले १:०.६५ को अनुपातमा प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यमा २४ लाख १४ हजार १०० कित्ता हकप्रद शेयर निष्काशन गरिरहेको छ, जसको कुल रकम २४ करोड १४ लाख १० हजार रुपैयाँ हुन्छ।

    हकप्रद शेयरका लागि बुक क्लोज मिति असार ८ गते निर्धारण गरिएको थियो। यसअनुसार, असार ५ गतेसम्म नेप्सेमा कारोबार गरी कायम रहेका शेयरधनीहरूलाई आवेदन दिन पाइनेछ। हकप्रद शेयरमा आवेदन दिने अन्तिम म्याद भदौ ४ गतेसम्म तोकिएको छ।

    कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक लक्ष्मी सनराइज क्यापिटल लिमिटेड रहेको छ। लगानीकर्ताहरूले क्यापिटलको कार्यालय, जोशी हाइड्रोपावरको कार्यालय तथा लक्ष्मी सनराइज बैंकको इलाम शाखाबाट आवेदन दिन सक्नेछन्।

    त्यस्तै, सि–आस्बा प्रणालीमा आबद्ध बैंक तथा वित्तीय संस्थाहरू तथा ‘मेरो शेयर’ अनलाइन प्रणालीमार्फत समेत आवेदन दिन सकिने व्यवस्था गरिएको छ।

    हाल कम्पनीको चुक्ता पूँजी ३७ करोड १४ लाख रुपैयाँ रहेको छ। हकप्रद निष्काशनपछि कम्पनीको चुक्ता पूँजी ६१ करोड २८ लाख १० हजार रुपैयाँ पुग्नेछ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij