Logo

Nov 05 2025 | २०८२, कात्तिक १९गते

Nov 05 2025 | २०८२, कात्तिक १९गते

images

दरमखोला हाइड्रो इनर्जी लिमिटेडको आईपीओ सर्वसाधारणका लागि खुला, साउन १९ देखि २९ गतेभित्र आवेदन दिन सकिने

दरमखोला हाइड्रो इनर्जी लिमिटेडको आईपीओ सर्वसाधारणका लागि खुला, साउन १९ देखि २९ गतेभित्र आवेदन दिन सकिने

  •  


    काठमाडौं ।  दरमखोला हाइड्रो इनर्जी लिमिटेडले आज बिहीबारदेखि सर्वसाधारणका लागि प्रारम्भिक सार्वजनिक निष्काशन (आईपीओ) खुला गरेको छ। यसअघि कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीयबासीहरू र वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि आईपीओ निष्काशन गरी बाँडफाँट गरिसकेको छ।

    कम्पनीले कुल चुक्ता पूँजी १ अर्ब ३ करोड ५ लाख रुपैयाँको ३८।३३ प्रतिशत बराबर ३९ लाख ५० हजार कित्ता शेयर निष्काशनको अनुमति पाएको थियो। यसमध्ये आयोजना प्रभावित क्षेत्रका लागि १० लाख ३० हजार ५०० कित्ता, वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि २ लाख ९१ हजार ९५० कित्ता, कर्मचारीहरूका लागि ५८ हजार ३९० कित्ता र सामूहिक लगानी कोषहरूका लागि १ लाख ४५ हजार ९७५ कित्ता शेयर बाँडफाँट भइसकेको छ।

    अब दोस्रो चरणमा सर्वसाधारण लगानीकर्ताका लागि प्रतिशेयर १०० रुपैयाँ दरमा कुल २४ लाख २३ हजार १८५ कित्ता शेयर ९जसको कुल मूल्य २४ करोड २३ लाख १८ हजार ५०० रुपैयाँ० निष्काशन गरिएको हो। लगानीकर्ताले न्यूनतम १० कित्ता र अधिकतम ५० हजार कित्ता सम्म आवेदन दिन सक्नेछन्। आईपीओमा आवेदन दिने अन्तिम म्याद छिटोमा साउन १९ गते र ढिलोमा साउन २९ गतेसम्म रहेको छ।

    कम्पनीले निर्माण गरिरहेको दरम खोला जलविद्युत आयोजना ९.६ मेगावाट क्षमताको हो। आयोजनाको कुल अनुमानित लागत २ अर्ब ३८ करोड रुपैयाँ रहेको छ भने प्रतिमेगावाट लागत २४ करोड ७९ लाख रुपैयाँ अनुमान गरिएको छ। आयोजनाको विद्युत उत्पादन अनुमति पत्रको अवधि अझै २८ वर्ष बाँकी रहेको छ। साधारण लगानी फिर्ता हुने अवधि ९।८३ वर्ष र छुट गरिएको अवधिमा लगानी फिर्ता हुने अवधि १७।९० वर्ष रहेको छ।

     

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij