
काठमाडौँ । नयाँसडक बुलेटिनमा यहाँहरूलाई स्वागत छ। आज साउन १५ बिहीबार। यस्ता छन् दिनभरी घटेका मुख्यमुख्य आर्थिक समाचारहरू...
स्वाभिमान लघुवित्तको ५ प्रतिशत बोनस शेयर नेप्सेमा सूचीकृत, आइतवारदेखि कारोबार योग्य
काठमाडौं । स्वाभिमान लघुवित्त वित्तीय संस्था लिमिटेडले वितरण गरेको ५ प्रतिशत बोनस शेयर नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत भएको छ। कम्पनीले गत वैशाख १९ गते पारित गरेको निर्णयअनुसार, कुल ७३ हजार ६९ दशमलव २९ कित्ता बोनस शेयर साउन १५ गते नेप्सेमा सूचीकृत गरिएको हो।
बोनस शेयर वितरणसँगै कम्पनीले ०।२६ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव समेत पारित गरिसकेको छ। अब यी शेयरहरु आगामी आइतवार ९साउन २० गते० देखि कारोबारयोग्य हुनेछन्।
शिव श्री हाइड्रोपावरको शेयरमूल्य समायोजन, शतप्रतिशत हकप्रद शेयरका लागि बुक क्लोज साउन १६ गते
काठमाडौं । शिव श्री हाइड्रोपावर कम्पनी लिमिटेडको शेयरमूल्य समायोजन गरिएको छ। नेपाल स्टक एक्सचेञ्ज ९नेप्से० ले कम्पनीको बिहीबार ९साउन १५० को अन्तिम कारोबार मूल्य २८५ रुपैयाँ ६५ पैसाका आधारमा शतप्रतिशत बोनस शेयरपछि समायोजित मूल्य १९२ रुपैयाँ ८३ पैसा तोकेको हो।
कम्पनीले शतप्रतिशत हकप्रद शेयर निष्कासनको तयारी गर्दै साउन १६ गतेलाई बुक क्लोज मिति निर्धारण गरेको छ। यस अनुसार, साउन १५ गतेसम्म शेयरधनी रहेका लगानीकर्ताहरुले मात्र हकप्रद शेयरमा दावी गर्न सक्नेछन्। यद्यपि, हकप्रद शेयर निष्कासनको मिति भने अझै तय गरिएको छैन।
शेयर बजार : नेप्से परिसूचकमा ३८.४० अंकले घटेर २९१५.७३ विन्दुमा ,१५ अर्ब ९८ करोड रुपैयाँ भन्दा बढीको कारोबार
काठमाडौं। नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक आजको कारोबारमा ३८.४० अंकले घटेर २,९१५.७३ बिन्दुमा पुगेको छ। यस गिरावटसँगै बजार १.२९ प्रतिशतले ओरालो लागेको छ। कारोबार अवधिभर नेप्सेमा तीव्र उतारचढाव देखिए पनि समग्रमा बजार नकारात्मकतर्फ नै झुक्यो।
आजको कारोबारमा कुल १५ अर्ब ९८ करोड रुपैयाँभन्दा बढीको ३६.८७ मिलियन कित्ता शेयर किनबेच भएको छ। बजारमा १९८ कम्पनीको शेयर मूल्य घट्दा, ५२ कम्पनीको मात्रै मूल्य बढेको छ। कुनै पनि कम्पनीको शेयर मूल्य स्थिर रहेन, जसले बजारमा उच्च उतारचढावको संकेत दिन्छ।
तनहुँ जलविद्युत् आयोजनामा सेती नदीको सतह निगरानी गर्न सेन्सर जडान, १७ स्थानमा साइरन प्रणाली सञ्चालनमा
दमौली । तनहुँको ऋषिङ गाउँपालिका–१ झापुटारमा निर्माणाधीन १४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजना निर्माणस्थलमा पानीको सतहबारे सूचना दिने सेन्सर जडान गरिएको छ । आयोजनाले आपत्कालीन पूर्वतयारीका रूपमा सेती नदीमा पानीको सतह मापन, अस्थायी बाँधको सुरक्षाका लागि निरन्तर निगरानी र आपत्कालीन पूर्वतयारीलाई प्रभावकारी बनाउन पानीको सतह मापन गर्न सेन्सर जडान गरिएको हो ।
सेन्सर जडान गर्नुको मुख्य उद्देश्य मनसुनको बाढीबाट अस्थायी बाँध भत्किन सक्ने जोखिम न्यूनीकरण गर्नु रहेको आयोजना प्रमुख श्यामजी भण्डारीले जानकारी दिनुभयो । आपत्कालीन पूर्वतयारी तथा प्रतिकार्य योजनाअन्तर्गत उक्त प्रणालीले बाढीको सतहको वास्तविक समयमा निगरानी गर्न मद्दत पुग्नुका साथै सार्वजनिक तथा अन्य सरोकार भएकासँगको सञ्चारलाई थप प्रभावकारी बनाउने उहाँले बताउनुभयो ।
महुली लघुवित्तको नाफा २५५% ले उकालो, चौथो त्रैमाससम्म ११ करोड ४५ लाख खुद नाफा
काठमाडौं । महुली लघुवित्त वित्तीय संस्था लिमिटेडले आर्थिक वर्ष २०७९र८० को चौथो त्रैमाससम्म ११ करोड ४५ लाख रुपैयाँभन्दा बढी खुद नाफा आर्जन गरेको छ। अघिल्लो वर्षको सोही अवधिमा कम्पनीले ३ करोड २१ लाख रुपैयाँभन्दा बढी नाफा कमाएको थियो। यसअनुसार कम्पनीको खुद नाफा २५५.८० प्रतिशतले वृद्धि भएको हो।
कम्पनीको नाफा वृद्धि गर्न कुल सञ्चालन आम्दानीमा ३६ प्रतिशतभन्दा बढीले भएको वृद्धिले मुख्य भूमिका खेलेको छ। अघिल्लो वर्ष ३० करोड ७९ लाख रुपैयाँ रहेको सञ्चालन आम्दानी हाल ४१ करोड ९६ लाख रुपैयाँभन्दा बढी पुगेको छ। साथै, इम्पेरमेन्ट चार्जसम्बन्धी खर्च ३ करोड ७७ लाखबाट घटेर १ करोड ७७ लाख रुपैयाँमा झरेको छ, जसले पनि नाफामा सकारात्मक असर पारेको छ।महुली लघुवित्तको चौथो त्रैमाससम्मको वितरणयोग्य नाफा १२ करोड ४१ लाख रुपैयाँभन्दा बढी छ, जुन अघिल्लो वर्षको २ करोड ६४ लाख रुपैयाँभन्दा उल्लेखनीय रुपमा उच्च हो।
नेपाल पुनर्बीमा कम्पनीले शतप्रतिशत हकप्रद शेयर निष्कासन गर्ने
काठमाडौं । नेपाल पुनर्बीमा कम्पनी लिमिटेडले शतप्रतिशत हकप्रद शेयर निष्कासन गर्ने तयारी गरेको छ। कम्पनीले माघ मसान्तसम्म चुक्तापूँजी २० अर्ब रुपैयाँ पुर्याउनुपर्ने बाध्यात्मक अवस्थामा नेपाल सरकारको अर्थमन्त्रालयबाट स्वीकृति लिई यो निर्णय गरेको हो।
हाल कम्पनीको चुक्तापूँजी १३ अर्ब ४२ करोड २१ लाख ८७ हजार रुपैयाँ रहेको छ। कम्पनीले सोही रकम बराबरको अर्थात शतप्रतिशत हकप्रद शेयर निष्कासन गर्ने तयारी गरिरहेको छ। यसका लागि अर्थमन्त्रालयको स्वीकृति प्राप्त भइसकेको छ र अब कम्पनीको आगामी वार्षिक साधारण सभाबाट पारित भएपछि मात्र हकप्रद शेयर निष्कासन प्रक्रियामा जानेछ।
जोशी हाइड्रोपावरको ६५% हकप्रद शेयर निष्काशन खुला, भदौ ४ गतेसम्म आवेदन दिन सकिने
काठमाडौं । जोशी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले आजदेखि हकप्रद शेयर निष्काशन तथा बिक्री प्रक्रिया औपचारिक रूपमा सुरु गरेको छ। कम्पनीले हाल कायम चुक्ता पूँजीको ६५% बराबरको हकप्रद शेयर निष्काशन गर्दैछ।
कम्पनीले १:०.६५ को अनुपातमा प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यमा २४ लाख १४ हजार १०० कित्ता हकप्रद शेयर निष्काशन गरिरहेको छ, जसको कुल रकम २४ करोड १४ लाख १० हजार रुपैयाँ हुन्छ।
रिभर फल्स पावरले हकप्रद शेयर निष्काशनका लागि बुक क्लोज मिति सार्वजनिक
काठमाडौं । रिभर फल्स पावर लिमिटेडले हकप्रद शेयर निष्काशनको प्रक्रिया अघि बढाउँदै बुक क्लोज मिति तोकेको छ। कम्पनीले साउन २६ गते (एक दिनका लागि) बुक क्लोज गर्ने निर्णय गरेको छ। यस अनुसार, साउन २५ गतेसम्म नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा शेयर कारोबार गरी कायम रहेका शेयरधनीहरूले हकप्रद शेयरमा आवेदन दिन सक्नेछन्।
कम्पनीले हालको चुक्ता पूँजीको १ बराबर १ अनुपातमा (१००% हकप्रद) हकप्रद शेयर जारी गर्न लागेको हो। यस अन्तर्गत कुल ७० करोड रुपैयाँ बराबरको, प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यका ७० लाख कित्ता शेयर निष्काशन गरिनेछ।
सबै नेपालीले खुसीका साथ खीर खान पाउने वातावरण बनाउन लागौँः प्रधानमन्त्री
काठमाडौँ ।प्रधानमन्त्री केपी शर्मा ओलीले सबै नेपालीले खुसीका साथ हरेक साउन १५ मा खीर खाने वातावरण निर्माण गर्नुपर्ने बताउनुभएको छ ।
नेकपा (एमाले) को साहित्य, कला तथा संस्कृति विभागद्वारा आज आयोजित स्रष्टा भेटघाट तथा खीर खाने कार्यक्रममा प्रधानमन्त्री ओलीले सबै नेपालीले यस दिनमा खुसीका साथ खीर खाने वातावरण निर्माणमा लाग्न सबैसँग आग्रह गर्नुभयो ।
निजगढ अन्तरराष्ट्रिय विमानस्थल निर्माण र सञ्चालनको ‘मोडालिटी’ टुङ्ग्याइने
काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले राष्ट्रिय गौरवको निजगढ अन्तरराष्ट्रिय विमानस्थल निर्माण र सञ्चालनको ‘मोडालिटी’ टुङ्ग्याइने बताउनुभएको छ । राष्ट्रियसभा, सङ्घीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको आजको बैठकमा उहाँले उक्त विमानस्थल निर्माणलाई प्राथमिकता दिनुपर्ने आवश्यकता औँल्याउनुभयो ।
“निजगढ राष्ट्रिय गौरवको आयोजना त हो तर अहिले पनि अन्योल नै छ, यसपटकको बजेट भाषणमा यसको निर्माण र सञ्चालनको मोडोलिटी टुङ्ग्याउने भनेका छौँ, यो काम हामी तदारुकताका साथ अघि बढाउँछौँ”, उहाँले भन्नुभयो ।
वार्षिक प्रगति समीक्षास्थलमा नै किसानले बुझाए कृषिमन्त्रीलाई ज्ञापनपत्र
लुम्बिनी । अखिल नेपाल किसान महासङ्घ, लुम्बिनी प्रदेश समितिले मुलुकको कृषि क्षेत्र सङ्कटोन्मुख भइरहेका बेला किसानका प्रमुख समस्यालाई उठाउन गर्दै लुम्बिनी प्रदेश सरकारलाई ज्ञापनपत्र बुझाएको छ ।
महासङ्घले कृषिमा बजेटको न्यून विनियोजन, नीतिगत असंवेदनशीलता र सहुलियतको अभावले गर्दा उत्पादन, रोजगारी, खाद्य सुरक्षा र आर्थिक वृद्धिमा व्यापक असर परिरहेकोलगायतका संवेदनशील विषय उठान गर्दै प्रदेश सरकारका कृषि तथा सहकारीमन्त्री दिनेश पन्थीलाई आज बुटवलमा ज्ञापनपत्र बुझाएको हो ।
ऊर्जा सम्मेलन (पावर समिट)२०२५ को निर्धारित मिति परिवर्तन
काठमाडौँ । ऊर्जा सम्मेलन (पावर समिट)२०२५ को निर्धारित मिति परिवर्तन भएको छ । स्वतन्त्र उर्जा उत्पादकहरुको संस्था, नेपाल (IPPAN) को विशेष समारोह मध्येको एक ऊर्जा सम्मेलनको नयाँ संस्करण पावर समिट, २०२५ को पूर्वनिर्धारित मिति परिवर्तन गरिएको हो । यस अघि तय भएको मिति १ र २ असोज, २०८२ को पूर्व सन्ध्यामा प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमण तय भएको र उक्त भ्रमणमा इप्पान पदाधिकारीहरुको समेत सहभागीता हुने भएकोले पावर समिटको मिति पछाडि सारिएको इप्पानले एक विज्ञप्ति जारी गरी जनाएको हो ।
चिनियाँ वैज्ञानिकहरूद्वारा पृथ्वीको हीराभन्दा कडा उल्कापिण्डको हीरा निर्माण
बेइजिङ ।चिनियाँ अनुसन्धानकर्ताहरूले सय–माइक्रोन स्केलको षट्कोणीय हीरा संश्लेषण गर्न सफल भएका छन् । यो मुख्यतः उल्कापिण्डहरूमा पाइने सामग्री हो र पृथ्वीमा पाइने सामान्य हीराभन्दा कडा छ ।
अनुसन्धानकर्ताहरूका अनुसार बुधबार नेचर जर्नलमा प्रकाशित यो अध्ययनले सुपरहार्ड सामग्रीको सीमालाई पुनःपरिभाषित गर्ने वाचा गरेको छ ।
सेबोनबाट हटाइएका जलविद्युत् कम्पनीहरू पुनः शेयर निष्कासनका लागि निवेदनमा
काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन) ले नेटवर्थ ९० करोड रुपैयाँभन्दा कम भएका भन्दै आफ्नो पाइपलाइनबाट हटाएका छवटा जलविद्युत् कम्पनीहरू पुनः शेयर निष्कासनको स्वीकृतिका लागि निवेदन दिएका छन्। सेबोनले कानुनी आधारबिना निजी क्षेत्रका ती कम्पनीहरूको शेयर निष्कासन प्रक्रिया रोकिदिएको भन्दै ऊर्जा प्रवर्द्धकहरू आक्रोशित भएका थिए।
स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) का अनुसार, हटाइएका कम्पनीहरूले एक महिनाभित्रै फेरि निवेदन दिएका हुन्। इप्पानका वरिष्ठ महासचिव मोहन डाँगीका अनुसार, सेबोनले ‘९० भन्दा कम नेटवर्थ’ भएको कारण देखाएर कम्पनीहरूको शेयर निष्कासन रोक्नु अन्यायपूर्ण छ। उनले भने, “हामीले अब ९० करोडभन्दा माथिको नेटवर्थ देखाएर निवेदन दिएका छौं।”
© 2025 All right reserved to Nayasadak.com | Site By : Sobij