Logo

Oct 26 2025 | २०८२, कात्तिक ९गते

Oct 26 2025 | २०८२, कात्तिक ९गते

images

नेपाल इन्फ्रास्ट्रक्चर्स इन्भेस्टमेन्ट फण्ड लिमिटेडले सर्वसाधारणका लागि ३० लाख कित्ता शेयर निष्कासन गर्ने

नेपाल इन्फ्रास्ट्रक्चर्स इन्भेस्टमेन्ट फण्ड लिमिटेडले सर्वसाधारणका लागि ३० लाख कित्ता शेयर निष्कासन गर्ने

  •  

    काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर्स इन्भेस्टमेन्ट फण्ड लिमिटेडले सर्वसाधारणका लागि ३० लाख कित्ता साधारण शेयर  निष्कासन गर्ने घोषणा गरेको छ। प्रति कित्ता १०० रुपैयाँ अंकित मूल्यमा शेयर निष्कासन गर्न लागिएको हो।

    शेयर निष्कासन तथा बिक्री प्रबन्धकको जिम्मेवारी लक्ष्मी सनराइज क्यापिटल लिमिटेडलाई दिइएको छ। यस सम्बन्धी सम्झौतामा लक्ष्मी सनराइज क्यापिटलका प्रमुख कार्यकारी अधिकृत विजयलाल श्रेष्ठ र नेपाल इन्फ्रास्ट्रक्चर्स इन्भेस्टमेन्ट फण्डका अध्यक्ष मनिष थापाले हस्ताक्षर गरेका हुन्।

    नेपाल इन्फ्रास्ट्रक्चर्स इन्भेस्टमेन्ट फण्ड लिमिटेड नेपालकै अग्रणी स्थायी पूँजी साधन लगानी संस्था हो, जसको व्यवस्थापन ग्लोबल इक्विटी फण्डले गर्दै आएको छ। ग्लोबल इक्विटी फण्ड नेपाल धितोपत्र बोर्डबाट अनुमोदित पहिलो प्राइभेट इक्विटी तथा भेन्चर क्यापिटल फण्ड प्रबन्धक संस्था हो।

    ल्क्ष्क्ष्ँी ले स्वच्छ उर्जा, यातायात, विद्युतीय सवारी साधन, सौर्य उर्जा, जलविद्युत, सूचना प्रविधि, कृषि तथा आतिथ्य क्षेत्रजस्ता पूर्वाधारमा आधारित परियोजनामा पूँजी परिचालन गरिसकेको छ।

    यस संस्थामा हिमालयन लाइफ इन्स्योरेन्स, हिमालयन एभरेष्ट इन्स्योरेन्स, प्रभु महालक्ष्मी इन्स्योरेन्स, नेपाल रिइन्स्योरेन्सजस्ता नेपालकै प्रमुख बीमा कम्पनीहरुसहित व्यवसायी राजेन्द्र खेतान र बसन्त चौधरीको प्रवर्द्धन रहेको छ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij