Logo

Oct 26 2025 | २०८२, कात्तिक ९गते

Oct 26 2025 | २०८२, कात्तिक ९गते

images

सिटिजन्स सदावहार योजनाको सेयर बाँडफाँट सम्पन्न

सिटिजन्स सदावहार योजनाको सेयर बाँडफाँट सम्पन्न

  •  

    काठमाडौं । सिटिजन्स म्युचुअल फन्डअन्तर्गत सञ्चालित सिटिजन्स सदावहार योजना को सेयर बिहीबार बाँडफाँट गरिएको छ।

    यो योजना सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडको कोष प्रवर्द्धनमा सुरु गरिएको हो, भने योजना व्यवस्थापन सिटिजन्स क्यापिटल लिमिटेडले गरेको हो।

    नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त गरी असार १३ गतेदेखि २७ गतेसम्म खुला भएको यो प्रथम खुलामुखी योजना हो। योजनामा सर्वसाधारणबाट मागेभन्दा धेरै आवेदन प्राप्त भएकाले बाँडफाँट प्रक्रिया सम्पन्न गरिएको हो।

    सिटिजन्स सदावहार योजना म्युचुअल फन्डमार्फत लगानीकर्तालाई दीर्घकालीन तथा स्थिर प्रतिफल दिने उद्देश्यले सञ्चालन गरिएको खुलामुखी लगानी योजना हो।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij