Logo

Sep 19 2025 | २०८२, असोज ३गते

Sep 19 2025 | २०८२, असोज ३गते

images

एनआईसी एशिया क्यापिटलको चार म्युचुअल फन्ड योजनाले लाभांश प्रस्ताव

एनआईसी एशिया क्यापिटलको चार म्युचुअल फन्ड योजनाले लाभांश प्रस्ताव

  •  

    काठमाडौं । एनआईसी एशिया क्यापिटल लिमिटेडको व्यवस्थापनमा सञ्चालित चार म्युचुअल फन्ड योजनाहरूले आ–आफ्नो लाभांश प्रस्ताव गरेका छन्। कम्पनीको साउन १८ गते बसेको सञ्चालक समितिको बैठकले कर सहित लाभांश वितरण गर्ने निर्णय गरेको हो। एनआईसी एशिया फ्लेक्सी क्याप फण्डले १०.१० प्रतिशत, एनआईसी एशिया ब्यालेन्सड् फण्डले ९.९० प्रतिशत, एनआईसी एशिया सेलेक्ट–३० फण्डले ८.६५ प्रतिशत र एनआईसी एशिया डायनामिक डेप्ट फण्डले ५.५५ प्रतिशत लाभांश प्रस्ताव गरेका छन्। यीमध्ये एनआईसी एशिया डायनामिक डेप्ट फण्ड खुलामुखी योजना हो भने बाँकी तीन योजना बन्दमुखी प्रकृतिका हुन्। लाभांश प्रयोजनका लागि साउन १९ गते एक दिन बुक क्लोज गरिनेछ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij