Logo

Aug 05 2025 | २०८२, साउन २०गते

Aug 05 2025 | २०८२, साउन २०गते

images

‘सरकारको लक्ष्य पूरा गर्न सौर्य ऊर्जा उत्पादकको भूमिका महत्त्वपूर्ण’ :ऊर्जा मन्त्री दीपक खड्का

‘सरकारको लक्ष्य पूरा गर्न सौर्य ऊर्जा उत्पादकको भूमिका महत्त्वपूर्ण’ :ऊर्जा मन्त्री दीपक खड्का

  • काठमाडौँ ।निजी क्षेत्रबाट सौर्य ऊर्जा विस्तारमा संगठित व्यवसायीहरूले नेपाल सौर्य विद्युत उत्पादक संघको रजत जयन्ती समारोह मनाएका छन् । कार्यक्रममा ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले देशको दुर्गम गाउँ–बस्तीमा अझै सरकार स्वयंले उज्यालो पु¥याउन नसकेको ठाउँमा सौर्य विद्युत उत्पादक संघले महत्वपूर्ण योगदान दिएको भनी सराहना गरेका हुन्।

    समारोहमा प्रमुख अतिथि मन्त्री खड्काले भने, ‘सौर्य विद्युत उत्पादनमार्फत सरकारले हरेक नागरिकको घरमा उज्यालो दिन नसकेको ठाउँमा संघले महत्वपूर्ण भूमिका खेलेको छ, सिंचाई गर्न नसकेको ठाउँमा सौर्य प्रणालीमार्फत ऊर्जा सञ्चित गरेर संघले योगदान दिएकोमा म आभार प्रकट गर्न चाहन्छु।’

    उनका अनुसार विद्युत्को आवश्यकता बढ्दो रहेको र आपूर्तिको माग पनि उच्च रहेको छ । तर त्यसको सम्बोधन हुन नसकेको हो । सरकारले अब यस क्षेत्रमा तीव्र गतिमा काम गर्ने बेला आएको छ । सरकारले लिएको १० वर्षे दिगो ऊर्जा लक्ष्यमा संघको निरन्तर सहयोग र सहकार्य अपरिहार्य रहेको छ । 

    दिगो ऊर्जा विकासका लागि निजी क्षेत्रको लगानी र साझेदारीलाई अझ प्रभावकारी बनाउन सरकार नीतिगत सहजीकरण गरिरहेको छ ।स्वच्छ र भरपर्दो ऊर्जाको विकल्पका रूपमा सौर्य ऊर्जा रणनीतिक रूपमा महत्वपूर्ण भइसकेको छ । जलविद्युतमा जति अगाडि बढेपनि सौर्य ऊर्जा पनि त्यत्तिकै महत्व रहेको बताउँदै मन्त्री खड्काले जलवायु परिवर्तनको चुनौतीलाई मध्यनजर गर्दै अबको ऊर्जा योजना बहुआयामिक र नवीकरणीय स्रोतमै केन्द्रित हुनुपर्ने आवश्यकता रहेको बताए ।

    मन्त्री खड्काका अनुसार  सरकारले सौर्य ऊर्जा क्षेत्रका लगानीकर्तालाई प्रोत्साहन गर्ने उद्देश्यले सौर्य विद्युत खरिद दर पुनरावलोकन, प्रसारण लाइनको पहुँच विस्तार र बैंकिङको व्यवस्था जस्ता विषयलाई प्राथमिकतामा राखेको छ । स्वच्छ ऊर्जा उत्पादन गरिएको छ । कार्बन उत्सर्जन गरिरहेका देशहरूसँग क्षतिपूर्तिका लागि कूटनीतिक तथा अन्तर्राष्ट्रिय स्तरमा आवश्यक पहल गर्न सरकार तयार छ।

    कार्यक्रमको अध्यक्षता गर्दै  संघका अध्यक्ष कृष्णप्रसाद पराजुलीले सौर्य ऊर्जा उत्पादनमा निजी क्षेत्रको योगदान र सरकारसँगको सहकार्यको आवश्यकता माथि प्रकाश पारेका थिए । उनका अनुसार संघले विगत २५ वर्षमा नीति संवाद, प्रविधि हस्तान्तरण र परियोजना विकासमा महत्वपूर्ण भूमिका खेलेको छ। अब सहकार्य, स्थायित्व र लगानीमैत्री वातावरण आवश्यक छ। 

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij