Logo

Aug 13 2025 | २०८२, साउन २८गते

Aug 13 2025 | २०८२, साउन २८गते

images

जेजे एग्जिम र आदित्य इन्टरनेशनलका सञ्चालक जयप्रकाश र शिवम् अग्रवालको डरलाग्दो धन्दा, सेटिङमै गर्छन् ड्राइफ्रुट्स र मसलाजन्यवस्तुको अवैध कारोबार, सम्बन्धित निकाय मौन

जेजे एग्जिम र आदित्य इन्टरनेशनलका सञ्चालक जयप्रकाश र शिवम् अग्रवालको डरलाग्दो धन्दा, सेटिङमै गर्छन् ड्राइफ्रुट्स र मसलाजन्यवस्तुको अवैध कारोबार, सम्बन्धित निकाय मौन

  • काठमाडौँ । ड्राइफ्रुट्स र मसलाजन्य वस्तुको अवैध कारोबार फस्टाउँदो छ । नेपालमा ड्राइफ्रुट्स र मसलाजन्य वस्तुको नम्बर एक कारोबारी जयप्रकाश अग्रवाल र शिवम् अग्रवालले माथिल्लो निकायको सेटिङमै ड्राइफ्रुट्स र मसलाजन्य वस्तुको अवैध कारोबार गरिरहेको बताइन्छ । 

    वीरगञ्जको जेजे एग्जिम र काठमाडौँ कीर्तिपुरस्थित टौदहको आदित्य इन्टरनेशनल नेपालकै ठुलो ड्राइप्रुट्स र मसलाजन्यवस्तुको कारोबार गर्ने कम्पनी हुन् ।  वीरगञ्जमा बाबु जयप्रकाशले जेजे एग्जिम सम्हाल्ने गर्दछन् भने काठमाडौँमा उनका छोरा शिवम् अग्रवालले आदित्य इन्टरनेशनल सम्हाल्ने गर्छन् । भन्सार राजस्वका अधिकारी लगायतको सेटिङमै जेजे एग्जिमले भारततर्फबाट ड्राइफ्रुट्स र मसलाजन्यवस्तुको चोरी पैठारी गर्ने र वीरगञ्ज र आसपासमा गोदाम राखेर काठमाडौँमा सामान सप्लाई गर्ने का मगर्दछ ।  

    जेजे एग्जिमले करोडौँ रुपैयाँको स्टक देखाएर तस्करीका सामान बिक्री गर्ने र उक्त स्टक भने जतिको त्यति हुने समाचार स्रोतले बताएको छ । यता शिवम् अग्रवालले सञ्चालन गरेको आदित्य इन्टरनेशनले पनि त्यस्तै गर्ने गरेको बताइएको छ । आदित्य इन्टरनेशनलले त उद्योगको नाममा समेत अवैध काम गरिरहेको स्रोतले बताएको छ । केही समय अगाडि आदित्य इन्टरनेशनलले चाइनाबाट ओखर ल्याएको भन्दै तातोपानी भन्सार कार्यालयबाट भन्सार गराएको थियो । भन्सारका अधिकारी र प्रहरीलाई शंका लागेर भन्सार गराइसकेको गाडी चेकजाँच गर्दा ओखरको साटो किसमिस लगायतका वस्तुहरू फेला परेपछि भन्सार कार्यालय दरै पैसा तिराएको थियो । यसबाट पनि आदित्य इन्टरनेशनलको नियत प्रष्ट हुन्छ ।

    केही समय अगाडि आदित्य इन्टरनेशनलले चाइनाबाट ओखर ल्याएको भन्दै तातोपानी भन्सार कार्यालयबाट भन्सार गराएको थियो । भन्सारका अधिकारी र प्रहरीलाई शंका लागेर भन्सार गराइसकेको गाडी चेकजाँच गर्दा ओखरको साटो किसमिस लगायतका वस्तुहरू फेला परेपछि भन्सार कार्यालय दरै पैसा तिराएको थियो । यसबाट पनि आदित्य इन्टरनेशनलको नियत प्रष्ट हुन्छ ।

    देशैभरि मसला र मसलाजन्य वस्तु तथा ड्राइफ्रुट्सको मुख्य कारोबार गर्ने  जेजे एग्जिम र आदित्य इन्टरनेशनलका सञ्चालक बाउ छोरा अग्रवालद्वयको भन्सारका अधिकारी र राजस्वका कर्मचारीहरूसँग सेटिङ रहेको बताइन्छ । उच्च तहको सेटिङबाटै ड्राइफ्रुट्स र मसलाको साम्राज्य खडा गरेका अग्रवाल बाबुछोराले ठुलो मात्रामा राजस्व छली गरिरहेको पाइएको छ ।उनीहरूले ड्राइफ्रुट्सको कारोबारमा भ्याटबिल नदिने , मसलाजन्य वस्तुहरूको कारोबारमा समेत कम मूल्यको भ्याट दिने , आयकर र मुल्य अभिवृद्धि कर छल्ने गरेको स्रोतले बताएको छ । यससम्बन्धमा आदित्य इन्टरनेशनलका सञ्चालक शिवम् अग्रवालसँग सम्पर्क गर्न खोज्दा सम्पर्क हुन सकेन् ।
    यो पनि पढ्नुस्:

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij