Logo

Nov 11 2025 | २०८२, कात्तिक २५गते

Nov 11 2025 | २०८२, कात्तिक २५गते

images

मनसुनको प्रभाव देशभर, लुम्बिनी र कोशीका केही स्थानमा भारी वर्षाको सम्भावना

मनसुनको प्रभाव देशभर, लुम्बिनी र कोशीका केही स्थानमा भारी वर्षाको सम्भावना

  • काठमाडौँ। हाल सक्रिय मनसुन प्रणालीका कारण देशभर सामान्य बदली रहेको छ। मनसुनको न्यून चापीय रेखा अहिले सरदर स्थानको उत्तरतर्फ, नेपालको तराईमा अवस्थित रहेकाले देशभर यसको प्रभाव देखिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। यद्यपि जलवाष्पयुक्त हावाको प्रभाव केही कमजोर रहेको पनि महाशाखाले उल्लेख गरेको छ।

    आज दिउँसो देशभर सामान्यतया बदली रहनेछ। लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी तथा तराई भू–भागमा धेरै स्थानमा, बाँकी पहाडी भू–भागका केही स्थानमा र मधेस प्रदेश तथा अन्य तराई क्षेत्रका थोरै स्थानमा मध्यम वर्षा हुने सम्भावना छ।

    त्यस्तै, लुम्बिनी प्रदेशको तराई क्षेत्र, कोशी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भू–भागको एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

    आज राति पनि देशभर सामान्य बदली रहनेछ। मधेस प्रदेशसहित कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागका केही स्थानमा तथा अन्य स्थानका थोरै भू–भागमा मध्यम वर्षाको सम्भावना छ। साथै, कोशी र बागमती प्रदेशका पहाडी क्षेत्रका एक–दुई स्थानमा भारी वर्षा हुन सक्ने पूर्वानुमान गरिएको छ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij