Logo

Nov 11 2025 | २०८२, कात्तिक २५गते

Nov 11 2025 | २०८२, कात्तिक २५गते

images

गाईजात्राका कारण आइतबार सार्वजनिक बिदा, तीन दिनसम्म शेयर बजार बन्द भई सोमबारमात्र खुल्ने

गाईजात्राका कारण आइतबार सार्वजनिक बिदा, तीन दिनसम्म शेयर बजार बन्द भई सोमबारमात्र खुल्ने

  • काठमाडौँ । गाईजात्रा पर्वका अवसरमा आइतबार सार्वजनिक बिदा भएकाले अब शेयर बजार सोमबार मात्र खुल्ने भएको छ । आज (शुक्रबार), भोलि (शनिबार) र पर्सि (आईतबार) गरी तीन दिन बजार नचल्ने भएकाले लगानीकर्ताहरु केही हदसम्म तनावमुक्त भएका छन् ।

    यसैबीच, यसपालिका दुई ठूला पर्व – जनै पूर्णिमा र श्रीकृष्ण जन्माष्टमी – शनिबार परेकाले सरकारी कर्मचारीहरु घाटामा परेको गुनासो गरिरहेका छन् । ‘शनिबारको सट्टा अरु कुनै दिन परेका भए दुई दिन छुट्टी पाइन्थ्यो,’ एक कर्मचारीले भने, ‘तर शनिबार परेकाले दुबै दिन घाटा भयो ।’

    यस वर्षका अन्य चाडपर्व पनि एकपछि अर्को गर्दै आउने तयारीमा छन् । सरकारले यस वर्षका चाडपर्वको बिदा सम्बन्धी मिति सार्वजनिक गरिसकेको छ ।

     

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij