Logo

Oct 29 2025 | २०८२, कात्तिक १२गते

Oct 29 2025 | २०८२, कात्तिक १२गते

images

एशियन हाइड्रोपावरको नोक्सानी घट्यो, वित्तीय खर्च कम हुँदा सञ्चालन मुनाफा बढ्यो

एशियन हाइड्रोपावरको नोक्सानी घट्यो, वित्तीय खर्च कम हुँदा सञ्चालन मुनाफा बढ्यो

  • काठमाडौँ । एशियन हाइड्रोपावर लिमिटेड (AHL) ले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ, जसअनुसार कम्पनीको नोक्सानी अघिल्लो वर्षको तुलनामा उल्लेख्य रूपमा घटेको देखिएको छ।

    वित्तीय विवरण अनुसार, आर्थिक वर्षको अन्त्यसम्ममा कम्पनीको नोक्सानी २ करोड ८१ लाख रुपैयाँमा झरेको छ, जुन अघिल्लो वर्षको सोही अवधिमा ५ करोड ८६ लाख रुपैयाँ थियो। विद्युत् बिक्री आम्दानीमा सामान्य वृद्धि हुनु र वित्तीय खर्चमा कमी आउनुले कम्पनीको खुद नोक्सानी घटेको बताइएको छ।

    समीक्षा अवधिमा कम्पनीको विद्युत बिक्री आम्दानी ४.६९ प्रतिशतले वृद्धि भएको छ भने कुल नाफा ४.३६ प्रतिशतले बढेको देखिन्छ। साथै, सञ्चालन मुनाफा १३.८५ प्रतिशतले बढेको छ। वित्तीय खर्चमा भने २१.८० प्रतिशतको गिरावट आएको छ, जसले कम्पनीको समग्र नतिजामा सकारात्मक प्रभाव पारेको हो।

    ३४ करोड रुपैयाँ चुक्ता पूँजी रहेको कम्पनीको जगेडा कोष भने अझै ४ करोड ४७ लाख रुपैयाँ ऋणात्मक छ। गत असार मसान्तसम्म कम्पनीको प्रतिशेयर आम्दानी (EPS) ऋणात्मक ८ रुपैयाँ २८ पैसा छ भने प्रतिशेयर नेटवर्थ ८६ रुपैयाँ ८४ पैसामा झरेको छ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij