Logo

Nov 11 2025 | २०८२, कात्तिक २५गते

Nov 11 2025 | २०८२, कात्तिक २५गते

images

नयाँ संसद भवनमा विगतका कमजोरी दोहोरिन नदिने गरी मन्त्रालयले काम गरिररहेको छः कार्यवाहक प्रधानमन्त्री सिंह

नयाँ संसद भवनमा विगतका कमजोरी दोहोरिन नदिने गरी मन्त्रालयले काम गरिररहेको छः कार्यवाहक प्रधानमन्त्री सिंह

  • काठमाडौँ। कार्यवाहक प्रधानमन्त्री तथा सहरी विकासमन्त्री प्रकाशमान सिंहले सिंहदरबारभित्र निर्माणाधीन सङ्घीय संसद् भवनको निर्माण कार्यमा विगतका कमजोरीहरू दोहोरिन नदिने गरी काम भइरहेको स्पष्ट पार्नुभएको छ।

    सङ्घीय संसद्को राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्याङ्कन समितिको बैठकमा संसद् भवनको निर्माण कार्यबारे छलफल भएको थियो। छलफलका क्रममा सिंहले निर्माणमा संलग्न व्यवसायीलाई समयमै काम सक्न निर्देशन दिइसकेको जानकारी दिनुभयो।

    सांसदहरूले उठाएका जिज्ञासामा जवाफ दिँदै सिंहले विगतमा देखिएको लापरवाही दोहोरिन नदिनेगरी मन्त्रालय सक्रिय रहेको बताए। उहाँका अनुसार, थप गरिएको समयसीमा भित्रै काम सक्ने गरी विश्वसनीय कार्ययोजना अनुरूप काम अघि बढाइएको छ। “तोकिएको समयमा काम नगर्नेमाथि मन्त्रालयले कडाइ गरिरहेको छ,” सिंहले भन्नुभयो।

    उहाँले सम्बन्धित इञ्जिनीयर, महानिर्देशक र आयोजना प्रमुखहरूलाई पनि बोलाएर निर्देशन दिइसकेको उल्लेख गर्दै काममा गम्भीरता अपनाइएको जनाउनुभयो।

    सहरी विकास मन्त्रालयका सचिव गोपाल सिग्देलले गत वर्ष पुस दोस्रो साता सम्पन्न गर्ने गरी कार्यतालिका निर्माण गरिएको जानकारी दिनुभयो। सचिव सिग्देलका अनुसार, आउँदो सांसद अधिवेशन नयाँ भवनबाट सञ्चालन गर्ने लक्ष्यसहित काम भइरहेको छ र निर्धारित तालिकाअनुसार योजना अघि बढ्नेमा मन्त्रालय विश्वस्त रहेको छ।

    समितिका सदस्यहरूले पनि संसद् अधिवेशन नयाँ भवनबाटै सञ्चालन हुने सुनिश्चितता दिलाउन जोड दिएका थिए।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij