Logo

Oct 29 2025 | २०८२, कात्तिक १२गते

Oct 29 2025 | २०८२, कात्तिक १२गते

images

बुढीगण्डकी जलविद्युत् आयोजना निर्माणकाे बाटो खुल्यो, ५२ अर्बको सहवित्तीय लगानीमा सम्झौता सम्पन्न

बुढीगण्डकी जलविद्युत् आयोजना निर्माणकाे बाटो खुल्यो, ५२ अर्बको सहवित्तीय लगानीमा सम्झौता सम्पन्न

  • काठमाडौं । अर्ध जलाशययुक्त ३४१ मेगावाट क्षमताको बुढीगण्डकी जलविद्युत् आयोजना निर्माणका लागि अन्ततः वित्तीय व्यवस्थापन जुटेको छ।

    दैनिक लगानी अभावमा अल्झिँदै आएको यो आयोजना अब स्वदेशी बैंकहरूबाट सहवित्तीय लगानी मार्फत निर्माण हुने भएको छ। कुल लागत ७० अर्ब रुपैयाँ अनुमान गरिएको आयोजनामा ९ वटा बैंक तथा वित्तीय संस्थाले ५२ अर्ब ५० करोड रुपैयाँ लगानी गर्ने सहमति बिहीबार भएको हो। बाँकी २५ प्रतिशत रकम प्रवर्द्धक कम्पनीको स्वःपूँजीबाट जुटाइनेछ।

    यो सहमतिसँगै बुढीगण्डकी जलविद्युत् आयोजना निर्माणको बाटो खुलेको छ। साथै, साउन महिनामै २८५ मेगावाटको अपर तमोर र २१६ मेगावाटको अपर सेती जलविद्युत् आयोजनाका लागि पनि वित्तीय व्यवस्थापन भइसकेको छ।

    उल्लेखनीय छ, लामो समयदेखि सरकारले प्राथमिकतामा राखे पनि लगानी नजुट्दा बुढीगण्डकी आयोजना अलपत्र परेको थियो। तर हालको सहवित्तीय सहमतिले निर्माण कार्य अघि बढ्ने विश्वास गरिएको छ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij