Logo

Nov 11 2025 | २०८२, कात्तिक २५गते

Nov 11 2025 | २०८२, कात्तिक २५गते

images

विदेशमा रहेका नेपालीलाई मताधिकार सुनिश्चित गर्न रास्वपाको अभियान घोषणा

विदेशमा रहेका नेपालीलाई मताधिकार सुनिश्चित गर्न रास्वपाको अभियान घोषणा

  • काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले विदेशमा रहेका नेपाली नागरिकको मताधिकार सुनिश्चित गराउन सरकार र सम्बन्धित निकायको ध्यानाकर्षण गराउने अभियान सञ्चालन गर्ने भएको छ।

    शुक्रबार सम्पन्न केन्द्रीय समिति बैठकले प्रवासी नेपालीका नागरिक अधिकार सुनिश्चित गर्नुपर्ने आवश्यकता औंल्याउँदै मताधिकार अभियानलाई पार्टीको साङ्गठनिक अभियानसँग जोड्ने निर्णय गरेको हो।

    पार्टीका प्रवक्ता डा. मनिष झाका अनुसार, सभापति रवि लामिछानेमाथि लागेको राजनीतिक प्रतिशोधको विरोधमा जारी अभियानलाई अझ व्यापक बनाउने रणनीति पनि बैठकले तय गरेको छ।

    सांगठनिक पुनर्संरचना र नयाँ मनोनयनहरू

    बैठकले पार्टीको सांगठनिक सुदृढीकरण अन्तर्गत विभिन्न मनोनयन र जिम्मेवारीहरू तोकेको छ।

    • इश्रामुल्ला मियाँलाई पुनः केन्द्रीय सदस्यमा मनोनयन गरिएको छ। उनी यसअघि हज समितिको अध्यक्ष नियुक्त हुने क्रममा केन्द्रीय सदस्यबाट राजीनामा दिएका थिए।
    • श्रम तथा उपभोक्ता हित विभागको
      ➤ प्रमुख: श्यामबाबु गौतम
      ➤ उपप्रमुख: ललित श्रेष्ठ
    • सार्वजनिक लेखा समीक्षा विभागको नेतृत्व
      ➤ प्रमुख: गोकुल सापकोटा
    • मधेश प्रदेश समितिमा नयाँ सहमहामन्त्रीहरू नियुक्त:
      ➤ गणेश धिमाल (बारा)
      ➤ पुनम शाह (सिरहा)

    केन्द्रदेखि वडा तहसम्म सशक्त संगठन बनाउने तयारी

    बैठकले पार्टी संरचना केन्द्रदेखि वडा तहसम्म सशक्त बनाउने निर्णय समेत गरेको छ। यसका लागि रणनीतिक समूह गठन गरिनेछ र केन्द्रीय समिति तथा विभागीय सदस्यहरूलाई विभिन्न जिल्लामा परिचालन गरिने पार्टीले जनाएको छ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij