Logo

Oct 29 2025 | २०८२, कात्तिक १२गते

Oct 29 2025 | २०८२, कात्तिक १२गते

images

नेपाली बजारमा सुन र चाँदीको मूल्यमा गिरावट, सुन तोलामा ११०० र चाँदी १५ रुपैयाँले घट्यो

नेपाली बजारमा सुन र चाँदीको मूल्यमा गिरावट, सुन तोलामा ११०० र चाँदी १५ रुपैयाँले घट्यो

  • काठमाडौं ।नेपाली बजारमा सोमबार सुन र चाँदी दुवैको मूल्यमा उल्लेख्य गिरावट आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, छापावाल सुनको मूल्य प्रतितोला १,१०० रुपैयाँले घटेको छ भने चाँदीको मूल्य तोलामा १५ रुपैयाँले घटेको छ।

    सोमबारको कारोबार अनुसार, छापावाल सुन प्रतितोला १,९८,१०० रुपैयाँमा कारोबार भइरहेको छ। अघिल्लो दिन आइतबार यो मूल्य १,९९,२०० रुपैयाँ रहेको थियो।

    त्यसैगरी, चाँदीको मूल्य पनि घट्दै २,३१५ रुपैयाँ प्रति तोलामा झरेको छ। आइतबार चाँदी २,३३० रुपैयाँ प्रति तोलामा कारोबार भएको थियो।

    सुनचाँदीको मूल्यमा आएको यो गिरावटले उपभोक्ता तथा लगानीकर्ताको ध्यान खिच्ने देखिएको छ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij