Logo

Oct 29 2025 | २०८२, कात्तिक १२गते

Oct 29 2025 | २०८२, कात्तिक १२गते

images

सागर डिष्टिलरीको १ लाख ४५ हजार कित्ता आईपीओ बिक्री खुला, भदौ १ सम्म आवेदन दिने अवसर

सागर डिष्टिलरीको १ लाख ४५ हजार कित्ता आईपीओ बिक्री खुला, भदौ १ सम्म आवेदन दिने अवसर

  • काठमाडौँ ।सागर डिष्टिलरी लिमिटेडले आज (साउन २८ गते) देखि वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि प्रारम्भिक सार्वजनिक निष्काशन (IPO) खुला गरेको छ। कम्पनीले जारी पूँजी ७२ करोड ६० लाख रुपैयाँको २० प्रतिशत बराबर १४ करोड ५२ लाख रुपैयाँ मूल्यका १४ लाख ५२ हजार कित्ता शेयर निष्काशन गर्ने अनुमति पाएको हो।

    यस मध्ये १० प्रतिशत अर्थात १ लाख ४५ हजार २०० कित्ता शेयर प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा विशेष गरी वैदेशिक रोजगारीमा रहेका, नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति प्राप्त गरेका नेपालीहरूलाई बिक्री गर्न लागिएको हो।

    आईपीओमा न्यूनतम १० कित्ता र अधिकतम ७ हजार कित्तासम्म आवेदन दिन सकिनेछ। आवेदनको अन्तिम मिति भदौ १ गतेसम्म रहेको छ, तर उक्त अवधिभित्र पर्याप्त आवेदन नपरेमा भदौ ११ गतेसम्म लम्बिन सक्नेछ।

    इन्फोमेरिक्स क्रेडिट रेटिङ नेपालले कम्पनीलाई “IRN Single B+ Issuer Rating” प्रदान गरेको छ, जसले समयमा वित्तीय दायित्व पूरा गर्ने क्षमतामा उच्च जोखिम रहेको संकेत गर्दछ।

    यस आईपीओको बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल लिमिटेड हो। वैदेशिक रोजगारीमा रहेका नेपालीहरूले नेपाल धितोपत्र बोर्डबाट अनुमति लिएका आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थामार्फत सी–आस्बा प्रणाली प्रयोग गरी आवेदन दिन सक्नेछन्।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij