Logo

Oct 20 2025 | २०८२, कात्तिक ३गते

Oct 20 2025 | २०८२, कात्तिक ३गते

images

शिक्षा विधेयक विरुद्ध प्याब्सनको विरोध, विद्यालय सवारीसाधनमा कालो ब्यानर टाँसी नगर परिक्रमा

शिक्षा विधेयक विरुद्ध प्याब्सनको विरोध, विद्यालय सवारीसाधनमा कालो ब्यानर टाँसी नगर परिक्रमा

  • काठमाडौं । निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल (प्याब्सन) ले शिक्षा विधेयकका केही प्रावधानहरू निजी विद्यालयको हित विपरीत रहेको भन्दै आज देशव्यापी विरोध कार्यक्रम आयोजना गरेको छ।

    प्याब्सनले बिहान ११ बजेदेखि देशभरका विद्यालयका सवारीसाधनमा कालो ब्यानर टाँसी विद्यालय नजिकैका चोकमा उतार्ने र प्रति घण्टा २० किमि गतिमा विस्तारै नगर परिक्रमा गर्ने कार्यक्रम सञ्चालन गरेको हो।

    काठमाडौं उपत्यकाभित्रका सम्पूर्ण विद्यालय सवारीसाधनहरूले २७ किमि चक्रपथ वरिपरि कालो ब्यानरसहित परिक्रमा गरेका छन्। साथै, आजै दिउँसो १२:३० बजे माइतीघर मण्डलामा भेला भई संघीय संसद् घेराउ गर्ने कार्यक्रम रहेको प्याब्सनले जनाएको छ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij