Logo

Oct 20 2025 | २०८२, कात्तिक ३गते

Oct 20 2025 | २०८२, कात्तिक ३गते

images

प्याब्सन र एनप्याब्सनको अगुवाइमा शिक्षा विधेयकको विरोध प्रदर्शन

प्याब्सन र एनप्याब्सनको अगुवाइमा शिक्षा विधेयकको विरोध प्रदर्शन

  • काठमाडौँ। निजी विद्यालय सञ्चालकहरूले माइतीघर मण्डलादेखि नयाँ बानेश्वरसम्म संसदीय समितिबाट पारित भएको शिक्षा विधेयकको विरोध प्रदर्शन गरेका छन् । निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल (प्याब्सन) र राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल (एनप्याब्सन)को अगुवाइमा सो विरोध प्रदर्शन गरिएको हो । 
    माइतीघरमा भेला भएर नारा लगाउँदै उनीहरूले विद्यालय शिक्षा विधेयकका केही प्रावधानको विरोध गरेका हुन् । शुक्रबार बिहान मात्रै उनीहरूले आफ्ना सवारी चक्रपथमा परिक्रमा गराएका थिए । विद्यालयहरूको छाता संगठनहरूले ८ गतेसम्म माग पूरा नभए ९ गतेदेखि निजी विद्यालय बन्द गरेर आन्दोलन गर्ने घोषणा गरेका छन्।  उनीहरूले यसबारे बिहीबार एक पत्रकार सम्मेलन आयोजना गरी जनाएका थिए ।

    विद्यालय शिक्षा विधेयकमा समावेश पूर्ण छात्रवृत्ति, विद्यालयमा उत्पादन नहुने सामग्री उपलब्ध गराउने प्रावधान खारेज गर्नुपर्ने, विद्यालयहरूलाई ‘गैरनाफामुलक’ बनाउँदै लगिने भन्ने प्रावधान हटाइनुपर्ने लगायतका माग उनीहरूले राखेर आन्दोलन घोषणा गरेका छन्।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij