Logo

Nov 10 2025 | २०८२, कात्तिक २४गते

Nov 10 2025 | २०८२, कात्तिक २४गते

images

कमलादीमा आयोजित ‘जुरुक्क कर्णाली’ कार्यक्रममा जनार्दन शर्माको नृत्य मुख्य आकर्षण, प्रधानमन्त्री समेत आश्चर्यचकित

कमलादीमा आयोजित ‘जुरुक्क कर्णाली’ कार्यक्रममा जनार्दन शर्माको नृत्य मुख्य आकर्षण, प्रधानमन्त्री समेत आश्चर्यचकित

  • काठमाडौं। नृत्यकलामा समेत पारंगत रहेका पूर्वअर्थमन्त्री तथा माओवादी नेता जनार्दन शर्माले बिहीबार काठमाडौंमा आयोजित एक कार्यक्रममा गरेको नृत्यले सबैलाई मोहित बनायो।

    कार्यक्रममा सहभागी प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वअर्थमन्त्री शर्माको नाच देखेर आफूलाई आश्चर्य लागेको प्रतिक्रिया दिनुभयो।

    सिस्नुपानी नेपालले कमलादीस्थित प्रज्ञा भवनमा आयोजना गरेको ‘जुरुक्क कर्णाली’ कार्यक्रममा शर्माले पश्चिम नेपालका पहाडी जिल्लामा प्रचलित मयुर नाच प्रस्तुत गर्नुभएको थियो।

    रुकुम पश्चिमका स्थायी बासिन्दा शर्माले ‘त्रिशुली बगेर मस्याङ्दीमा झरेछ’ गीतमा मयुर नृत्य प्रस्तुत गर्नुभएको थियो। सेतो धोती, कालो स्टकोट, ढाका टोपी र मयुर प्वाँखसहितको स्थानीय पोशाकमा नाचेका शर्माको आकर्षक नृत्यले अन्य प्रस्तुति समेत ओझेलमा पारेको थियो।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij