Logo

Aug 23 2025 | २०८२, भदौ ७गते

Aug 23 2025 | २०८२, भदौ ७गते

images

वीरगञ्ज नाकाबाट हुने आयात र निर्यात दुवै बढ्यो

वीरगञ्ज नाकाबाट हुने आयात र निर्यात दुवै बढ्यो

  • वीरगञ्ज (पर्सा) । चालु आर्थिक वर्षको पहिलो महिना साउनमा वीरगञ्ज नाकाबाट रु ६८ अर्ब १७ करोड मूल्य बराबरका वस्तु तथा सामान आयात भएका छन् । जुन गत आवको सोही वर्षको तुलनामा रु आठ अर्ब ११ करोडले बढी भएको वीरगञ्ज भन्सार कार्यालयले जनाएको छ ।

    कार्यालयका अनुसार आव २०८१/८२ को साउनमा रु ६० अर्ब छ करोड बराबरको वस्तु तथा सामान आयात भएको थियो । चालु आर्थिक वर्षको साउनमा यो नाकाबाट हुने निर्यात बढेको छ । चालु आवको साउनमा रु आठ अर्ब ४५ करोडको सामान विभिन्न मुलुकमा निर्यात भएको छ । गत आवको साउनमा रु तीन अर्ब पाँच करोडको मात्रै सामान निर्यात भएको थियो । कार्यालयका अनुसार साउनमा रु १८ अर्ब ४४ करोड राजस्व सङ्कलन गरेको छ । जबकी आव २०८१/८२ को साउनमा रु १५ अर्ब ९२ करोडको राजस्व सङ्कलन भएको थियो । ---

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij