Logo

Nov 10 2025 | २०८२, कात्तिक २४गते

Nov 10 2025 | २०८२, कात्तिक २४गते

images

उपसभामुख इन्दिरा राना मगरको संस्थाबाट ५ बालबालिका हराएको आरोपमा सीआईबीको विशेष अनुसन्धान सुरु

उपसभामुख इन्दिरा राना मगरको संस्थाबाट ५ बालबालिका हराएको आरोपमा सीआईबीको विशेष अनुसन्धान सुरु

  • काठमाडौँ ।उपसभामुख इन्दिरा राना मगर कार्यकारी प्रमुख रहेको पीए नेपाल नामक गैरसरकारी संस्थाबाट ५ जना बालबालिका हराएको घटनाबारे प्रहरीले विशेष अध्ययन र अनुसन्धान सुरु गरेको छ।

    सार्वजनिक सूचनाअनुसार सो संस्थाले नेपाल बाल संगठनबाट जिम्मा लिएका बालबालिकालाई अवैधरूपमा ओसारपसार गरेको आरोप छ। यसै विषयमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (CIB) प्रमुख एआईजी चन्द्र कुँवर खापुङले घटनालाई संवेदनशील मानेर अनुसन्धान अघि बढाइएको जानकारी दिएका छन्।

    प्रहरी प्रवक्ता विनोद घिमिरेले पनि बाहिर सार्वजनिक भएको सूचना अत्यन्त गम्भीर भएको भन्दै सत्य तथ्य बुझ्ने काम भइरहेको बताए। उनले यो घटना मानव तस्करी जस्तो देखिने भएकाले नतिजा निकालन प्रहरी आफैंले निष्पक्ष अनुसन्धान गर्ने स्पष्ट पारे।

    २०७२ सालमा बाल संगठनका अधिकारीमाथि अवैधरूपमा बच्चा दिने आरोप लागेपछि २०७७ सालमा सरकारले पूर्वन्यायाधीश हरिबाबु भट्टराईको नेतृत्वमा छानबिन समिति गठन गरेको थियो। सो समितिले बाल संगठन र बालमन्दिरमा भएका अनियमितताबारे प्रतिवेदन समेत तयार पारेको थियो।

    बालबालिका कहाँ छन् भन्नेबारे अझै स्पष्ट नभएकाले प्रहरीको अनुसन्धानपछि मात्र वास्तविकता बाहिर आउने जनाइएको छ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij