Logo

Sep 06 2025 | २०८२, भदौ २१गते

Sep 06 2025 | २०८२, भदौ २१गते

images

समयमै काम सम्पन्न नगरेका ११ निर्माण कम्पनीमाथि सरकारी कालोसूची

समयमै काम सम्पन्न नगरेका ११ निर्माण कम्पनीमाथि सरकारी कालोसूची

  • काठमाडौं। समयमै काम नगर्ने अछामदेखि अर्घाखाँचीसम्मका ११ वटा निर्माण कम्पनीलाई सरकारले कालोसूचीमा राखेको छ। प्रधानमन्त्री कार्यालय मातहतको सार्वजनिक खरिद अनुगमन कार्यालयले सोमबार सूचना जारी गर्दै ती कम्पनीहरूको नाम सार्वजनिक गरेको हो।

    कालोसूचीमा पर्ने कम्पनीहरूमा बाँकेको शुभ आर एस बिल्डर्स सप्लायर्स, अछामको नविन निर्माण सेवा, सुर्खेतको जे एम सी कन्स्ट्रक्सन प्रालि, काठमाडौंको कास्यम निर्माण सेवा एण्ड सप्लायर्स, उदयपुरको विशाल होम निर्माण सेवा, बूढानीलकण्ठ काठमाडौंको जलेश्वरी महादेव यासवि कन्स्ट्रक्सन, मोरङको सगुन फेब्रिक्स प्रालि, काठमाडौंको ग्यालेक्सी कन्स्ट्रक्सन एण्ड सप्लायर्स कम्पनी प्रालि, जालपा निर्माण सेवा एण्ड सप्लायर्स, डोल्पाको मष्टा भवानी निर्माण सेवा र अर्घाखाँचीको शहीद निर्माण सेवा रहेका छन्।

    अनुगमन कार्यालयले कास्यम निर्माण सेवा एण्ड सप्लायर्सलाई २ वर्ष, मष्टा भवानी निर्माण सेवालाई १.५ वर्ष र बाँकी सबै कम्पनीलाई १ वर्षका लागि कालोसूचीमा राखेको जनाएको छ।

    यी कम्पनीलाई कालोसूचीमा राख्न विभिन्न निकायहरूले सिफारिस गरेका थिए। जसमा पूर्वाधार विकास कार्यालय ओखलढुंगा, लिसंखु पाखर गाउँपालिका (सिन्धुपाल्चोक), जिरी नगरपालिका (दोलखा), कृषि पूर्वाधार विकास तथा कृषि यान्त्रीकरण प्रवर्धन केन्द्र (हरिहरभवन), गुर्भाकोट नगरपालिका कार्यालय (सुर्खेत), सडक डिभिजन सुर्खेत, सोलुदूधकुण्ड नगरपालिका (सोलुखुम्बु), नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (काठमाडौं), छार्का ताङ्सोङ गाउँपालिका (डोल्पा) र सडक डिभिजन (कपिलवस्तु) रहेका छन्।

    कालोसूचीमा परेका कम्पनीहरूले सो अवधिभर सार्वजनिक निकायका कुनै पनि खरिद प्रक्रियामा भाग लिन पाउने छैनन्।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij