
काठमाडौँ । चोरी तस्करी गरी लैजाँदै गरेको ३९हजार ९सय इलेक्ट्रिक चुरोट (भेप) र गाडीसहित तीन जना पक्राउ परेका छन् ।सशस्त्र प्रहरी एक टोलीले ३९ हजार ९सय भेपसहित तीनलाई पक्राउ गरी राजस्व अनुसन्धान कार्यालय कोहलपुरमा बुझाएको हो । दैलेखको आठबिस नगरपालिकाबाट सशस्त्रको टोलीले उनीहरूलाई शनिबार भदौ ७ गते पक्राउ गरेको थियो ।
स्रोतले दिएको जानकारी अनुसार सशस्त्रले भदौ ७ गते शनिबार ३९ हजार ९सय भेपसहित पक्राउ गरेको भएपनि थप कारबाहीका लागि उनीहरूलाई राजस्व अनुसन्धान कार्यालय कोहलपुरमा बुझाइएको हो । अनुसन्धान भइरहेकाले पक्राउ पर्नेहरूको विषयमा तत्काल सार्वजनिक नगरिएको जनाइएको छ ।सरकारले भेपको आयातमा रोक लगाइएकाले भेपको चोरी तस्करी द्रुतगतिमा भइरहेको देखिएको छ ।
© 2025 All right reserved to Nayasadak.com | Site By : Sobij