Logo

Aug 27 2025 | २०८२, भदौ ११गते

Aug 27 2025 | २०८२, भदौ ११गते

images

आज संघीय संसद्का तीन संसदीय समितिहरूको बैठक, सभापति निर्वाचन र विधेयक तथा वार्षिक प्रतिवेदनमाथि छलफल हुने

आज संघीय संसद्का तीन संसदीय समितिहरूको बैठक, सभापति निर्वाचन र विधेयक तथा वार्षिक प्रतिवेदनमाथि छलफल हुने

  • काठमाडौँ ।आज सङ्घीय संसद्का तीन वटा समितिको बैठक बस्दैछन् । राज्य व्यवस्था सुशासन समिति,  विधायन व्यवस्थापन समिति, सार्वजनिक नीति तथा प्रत्योजित विधायन समितिको बैठक बस्न लागेको हो । 

     

    राज्य व्यवस्था तथा सुशासन समितिको सभापतिको निर्वाचनको प्रक्रिया अगाडि बढाउने कार्यक्रम छ । यद्यपी, सो समितिको सभापतिमा सांसद ईश्वरी न्यौपाने निर्विरोध निर्वाचित भइसक्नु भएको छ ।

     

    यस्तै, विधायन व्यवस्थापन समितिको बैठकमा ‘सङ्घीय निजामति सेवा विधेयक, २०८०’ माथि दफावार छलफल हुने कार्यक्रम छ ।

     

    सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठकमा ‘समितिको छैटौं वार्षिक प्रतिवेदन २०८१÷८२ का सम्बन्धमा छलफल गर्ने कार्यसूची छ ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij