
काठमाडौँ । चीनका उपमन्त्री लिजुनले उपप्रधान तथा अर्थमन्त्री पौडेललाई भेटेर व्यापार र पुल र सडक पुनर्निर्माणबारे गरे छलफल गरेका छन् ।उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलसँग गरेको शिष्टाचार भेटको क्रममा चीनका भन्सार प्रशासनका उपमन्त्री वाङ्ग लिङजुनले सो विषयमा छलफल गरेका हुन् ।
भेटका अवसरमा नेपाल र चीनबीचका भन्सार नाकाहरुको व्यवस्थापन, बाढीले क्षति पु¥याएको रसुवा नाकाको पुल र सडकको पुनर्निर्माण, विगतमा भएका सहमति अनुसारका सडक पूर्वाधारहरुको स्तरोन्नति, नेपाल चीनबीचको व्यापार, नेपाल र चीनबीच विगतमा भएका सहमतिहरुको कार्यान्वयनलगायतका विषयमा छलफल भएको छ ।
© 2025 All right reserved to Nayasadak.com | Site By : Sobij