Logo

Oct 28 2025 | २०८२, कात्तिक ११गते

Oct 28 2025 | २०८२, कात्तिक ११गते

images

सर्वसाधरणका लागि  दशैंका लागि सुकिला नोट २९ गतेदेखि साटिने

सर्वसाधरणका लागि  दशैंका लागि सुकिला नोट २९ गतेदेखि साटिने

  •  काठमाडौं । सर्वसाधरणका लागि  दशैंका लागि सुकिला नोट यही भदौ २९ गतेदेखि साट्न पाइनेछ ।नेपाल राष्ट्र बैंकले भदौ २९ गतेदेखि असोज १० गतेसम्म सुकिला नोट साट्न पाइने सूचना जारी गर्दै जानकारी गराएको हो ।

    राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभागका अनुसार विभागको थापाथलीस्थित कार्यालयका साथै प्रदेश कार्यालयहरू विराटनगर, जनकपुर, वीरगञ्ज, पोखरा, सिद्धार्थनगर, नेपालगञ्ज र धनगढीबाट सटही गर्न सकिनेछ ।यस्तै, इजाजत प्राप्त क, ख, र ग वर्गका बैंक तथा वित्तीय संस्थाका शाखा कार्यालयहरुबाट सर्वसाधारणका साथै संघ/संस्थालाई कारोबारको समयमा नोट सटही हुनेछ ।

    यस वर्ष विजयादशमी असोजको १६ गते परेको छ । घटस्थापना ६ गते परेको छ भने फूलपाती १३ गते छ ।  दशैं पर्व घटस्थापनादेखि नै शुरु हुन्छ ।

     

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij