Logo

Oct 28 2025 | २०८२, कात्तिक ११गते

Oct 28 2025 | २०८२, कात्तिक ११गते

images

सार्वजनिक संस्थानलाई निजी क्षेत्रसँग प्रतिस्पर्धामा लाने सरकारको योजना

सार्वजनिक संस्थानलाई निजी क्षेत्रसँग प्रतिस्पर्धामा लाने सरकारको योजना

  • काठमाडौँ । सार्वजनिक संस्थानलाई निजी क्षेत्रसँग प्रतिस्पर्धामा लाने योजना कार्यान्वयनको प्रक्रिया अगाडि बढाइएको छ ।सरकारले सार्वजनिक संस्थानलाई थप प्रतिस्पर्धी र व्यावसायिक बनाउने उद्देश्यले ‘सार्वजनिक संस्थानको व्यवस्थापन तथा सुशासन नीति, २०८२’ ल्याएको हो । सार्वजनिक संस्थानलाई आवश्यक मार्गदर्शन गर्ने र दैनिक कार्य सञ्चालनमा कुनै पनि हस्तक्षेप नगर्ने गरी आवश्यक व्यवस्था सरकारले यसबाट मिलाउन खोजेको हो ।

    सार्वजनिक संस्थानलाई व्यावसायिक र रणनीतिक गरी २ समूहमा वर्गीकरण गरी सरकरले उनीहरूलाई प्रतिस्पर्धामा लान खोजेको हो । निजी क्षेत्रसँग प्रतिस्पर्धा गर्ने क्षेत्रका सार्वजनिक संस्थानलाई व्यावसायिक सार्वजनिक संस्थानका रूपमा वर्गीकरण गरिने जनाइएको छ । त्यस्ता संस्थानको खरिद प्रक्रियालाई सरल बनाइने छ । 

    सरकारको नीति तथा कार्यक्रम कार्यान्वयन गर्न वा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतिबद्धता पूरा गर्न वा निजी क्षेत्र संलग्न नभएको अत्यावश्यकीय सेवा प्रदान गर्न आवश्यक भएका सार्वजनिक संस्थानलाई रणनीतिक सार्वजनिक संस्थानको रूपमा वर्गीकरण गरिने योजना छ ।

    त्यस्ता संस्थान स्थापनाको कानुनी आधार परिवर्तन गरिने छ ।  सबै सार्वजनिक संस्थानलाई एकपछि अर्कोगरी कम्पनीमा परिणत गर्ने रणनीति छ । त्यसका लागि विद्यमान कानुनमा सुधार गरी शेयर स्वामित्वको आधारमा सञ्चालकको प्रतिनिधित्व हुने गरी व्यवस्था मिलाइने, सञ्चालक समितिलाई नीति निर्माण गर्न तथा व्यावसायिक उद्देश्य प्राप्ति र सञ्चालन रणनीति तयार गरी कार्यान्वयन गर्न सक्षम र स्वतन्त्र बनाइने जनाइएको छ ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij