Logo

Nov 09 2025 | २०८२, कात्तिक २३गते

Nov 09 2025 | २०८२, कात्तिक २३गते

images

डिजेलको मूल्य प्रतिलिटर ४ रुपैयाँ घट्यो [सूचीसहित]

डिजेलको मूल्य प्रतिलिटर ४ रुपैयाँ घट्यो [सूचीसहित]

  • काठमाडौं । नेपाल आयल निगमले डिजेलको मूल्य प्रतिलिटर ४ रुपैयाँले घटाएको छ। निगम सञ्चालक समितिको आइतबार बसेको बैठकले गएरातिदेखि नै लागू हुने गरी डिजेल तथा मट्टितेलको मूल्य घटाउने निर्णय गरेको हो।

    भारतबाट मूल्यसूची घटेर आएको कारण आन्तरिक बजारमा मूल्य समायोजन गरिएको निगमले जनाएको छ।

    त्यस्तै, हवाई इन्धन आन्तरिकतर्फ प्रतिलिटर १ रुपैयाँ र अन्तर्राष्ट्रिय उडानका लागि प्रतिकिलोलिटर अमेरिकी डलर ७ ले घटाइएको छ।

    हाललाई पेट्रोलको मूल्य भने यथावत् राखिएको छ। नयाँ समायोजनपछि डिजेलको मूल्य प्रतिलिटर १४५ रुपैयाँ कायम भएको छ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij