Logo

Sep 01 2025 | २०८२, भदौ १६गते

Sep 01 2025 | २०८२, भदौ १६गते

images

एनआईसी एशिया बैंकद्वारा ३ करोडसम्मको ‘एनआईसी एशिया साथी घर कर्जा’ योजना सार्वजनिक

एनआईसी एशिया बैंकद्वारा ३ करोडसम्मको ‘एनआईसी एशिया साथी घर कर्जा’ योजना सार्वजनिक

  • काठमाडौँ । एनआईसी एशिया बैंकले ग्राहकहरूको आवश्यकतालाई हरसम्भव पूरा गर्नका लागि रू. ३ करोडसम्म घर कर्जा प्रदान गर्ने उद्देश्यअनुरुप ‘एनआईसी एशिया साथी घर कर्जा’ योजना सार्वजनिक गरेको छ । ‘सपना तपाईंको, साथ हाम्रो’ भन्ने नाराका साथ बैंकले सार्वजनिक गरेको यस घर कर्जा आकर्षक ब्याजदर एवं अन्य आकर्षक सेवा सहित उपलब्ध हुनेछ ।

    न्यूनतम रू. ५० लाखदेखि अधिकतम रू. ३ करोडसम्म प्रदान गरिने यस एन आई सी एशिया साथी घर कर्जा अन्तर्गत घर तथा अपार्टमेन्ट खरिद गर्न, घर निर्माण तथा पूनःनिर्माण गर्न र घडेरी खरिद गर्नका लागि कर्जा उपलब्ध हुनेछ । सहज कर्जा प्रक्रियाबाट प्रदान गरिने यो कर्जाको अवधि अधिकतम २५ वर्ष रहेको छ । घर खरिद तथा निर्माण गर्ने ग्राहकहरुको सपना साकार पार्न ठोस टेवा पुर्‍याउने उद्देश्यले बैंकले ल्याएको यस कर्जा योजनाअन्तर्गत पहिलो पटक घर खरिद वा निर्माण गर्ने व्यक्तिको हकमा कर्जा र सोको धितो सुरक्षणको अनुपात अधिकतम ८० प्रतिशत र अन्यको हकमा अधिकतम ७० प्रतिशत कायम गरिएको सहायक प्रमुख कार्यकारी अधिकृत (प्रमुख सूचना अधिकारी) अर्जुन राज खनियाले जारी गरेको विज्ञप्तिमा जनाएका छन् ।

     

     

     

     

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij