Logo

Nov 09 2025 | २०८२, कात्तिक २३गते

Nov 09 2025 | २०८२, कात्तिक २३गते

images

सागर डिष्टिलरीको आईपीओ भदौ २५ गतेदेखि सर्वसाधारणका लागि खुला, ११.९ लाख कित्ता शेयर बिक्रीमा

सागर डिष्टिलरीको आईपीओ भदौ २५ गतेदेखि सर्वसाधारणका लागि खुला, ११.९ लाख कित्ता शेयर बिक्रीमा

  • काठमाडौं ।सागर डिष्टिलरी लिमिटेडले सर्वसाधारणका लागि आईपीओ निष्काशन तथा बिक्री आगामी भदौ २५ गतेदेखि खुला गर्ने भएको छ। यसअघि वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि छुट्याइएको आईपीओ बाँडफाँट भइसकेपछि अब सर्वसाधारणका लागि आईपीओ खुला गर्न लागिएको हो।

    कम्पनीले जारी पूँजी रु ७२ करोड ६० लाखको २० प्रतिशत अर्थात रु १४ करोड ५२ लाख बराबरको १४ लाख ५२ हजार कित्ता आईपीओ निष्काशन गर्ने अनुमति पाएको थियो। यसमध्ये १० प्रतिशत (१ लाख ४५ हजार २०० कित्ता) विदेशमा रहेका नेपालीलाई निष्काशन गरी बाँडफाँट भइसकेको छ। त्यस्तै, ५ प्रतिशत (७२ हजार ६०० कित्ता) सामूहिक लगानी कोषका लागि बाँडफाँट गरिएको छ भने ४३ हजार ५६० कित्ता कम्पनीका कर्मचारीका लागि सुरक्षित गरिएको छ।

    अब कम्पनीले सर्वसाधारण लगानीकर्ताका लागि प्रतिकित्ता रु १०० अंकित मूल्यका ११ लाख ९० हजार ६४० कित्ता शेयर, जसको कुल मूल्य रु ११ करोड ९० लाख ६४ हजार, निष्काशन गर्न लागेको हो।

    सो आईपीओमा भदौ २९ गतेसम्म आवेदन दिन सकिनेछ। यदि सो अवधिभित्र पर्याप्त आवेदन नपरेमा निष्काशन अवधि असोज ८ गतेसम्म लम्बिनेछ। लगानीकर्ताले न्यूनतम १० कित्ता र अधिकतम १० हजार कित्ताका लागि आवेदन दिन सक्नेछन्।

    कम्पनीलाई इन्फोमेरिक्स क्रेडिट रेटिङ नेपालले “आईआरएन सिंगल बी प्लस (Issuer Rating)” प्रदान गरेको छ, जसले समयमा वित्तीय दायित्व पूर्ति गर्न सक्ने भए पनि कम्पनीसँग उच्च जोखिम रहेको संकेत गर्दछ।

    उक्त आईपीओको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ। लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाबाट सी–आस्बा प्रणालीमार्फत आवेदन दिन सक्नेछन्।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij