Logo

Oct 24 2025 | २०८२, कात्तिक ७गते

Oct 24 2025 | २०८२, कात्तिक ७गते

images

नबिल म्युचुअल फण्ड अन्तर्गतको एन आई ३१ योजनाको इकाई बाँडफाँट सम्पन्न

नबिल म्युचुअल फण्ड अन्तर्गतको एन आई ३१ योजनाको इकाई बाँडफाँट सम्पन्न

  •  

    काठमाडौं ।नबिल बैंक लिमिटेड कोष प्रबर्द्धक र नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेडको योजना व्यवस्थापनमा सञ्चालित नबिल म्युचुअल फण्ड अन्तर्गतको एन आई ३१ नामक खुलामुखी योजनाको इकाई बाँडफाँट सम्पन्न भएको छ।

    नबिल इन्भेष्टमेन्टले प्रतिएकाई १० रुपैयाँ अंकित मूल्यका दरमा कुल २ करोड ५० लाख इकाईमध्ये पहिलो चरणमा १ करोड ५० लाख इकाई साउन ३० गतेदेखि भदौ ३ गतेसम्म सर्वसाधारणका लागि निष्काशन गरेको थियो। सोमध्ये १५ प्रतिशत अर्थात् ३७ लाख ५० हजार इकाई योजना व्यवस्थापकका लागि सुरक्षित राखी बाँकी १ करोड १२ लाख ५० हजार इकाई सर्वसाधारण लगानीकर्तामाझ वितरण गरिएको हो।

    इकाई बाँडफाँट कार्यक्रम भदौ १६ गते बिहान १० बजे नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेडको कार्यालय, नक्साल काठमाडौंमा सम्पन्न भएको हो। कार्यक्रममा कोष प्रबर्द्धक नबिल बैंक लिमिटेडका प्रतिनिधि, सिडिएस एण्ड क्लियरिङ लिमिटेडका प्रतिनिधि, योजना व्यवस्थापक, प्रोफेशनल कम्प्युटर सिस्टम प्रा।लि।का प्रतिनिधि तथा लगानीकर्ताहरूको उपस्थिति रहेको थियो। बाँडफाँटको नतिजा ष्उयचभकगति।अमकअ।अयm।लउ बाट हेर्न सकिने कम्पनीले जनाएको छ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij