
काठमाडौँ । नेपाल धितोपत्र बोर्डले एसवाई प्यानेल नेपाल लिमिटेडलाई आईपीओ निष्काशन गर्न अनुमति प्रदान गरेको छ।
कम्पनीले ५२ करोड ३२ लाख ५४ हजार ८ सय रुपैयाँ बराबरको ५२ लाख ३२ हजार ५ सय ४८ कित्ता शेयर निष्काशन गर्ने योजना बनाएको छ। यो रकम कम्पनीको जारी पुँजीको ४० प्रतिशत बन्छ।
कम्पनीको कुल पुँजी १ अर्ब ३० करोड ७१ लाख ३७ हजार १ सय रुपैयाँ रहेको छ। आईपीओको शेयर निष्काशक तथा बिक्री प्रबन्धकको जिम्मेवारी प्रभु क्यापिटलले पाएको छ।
© 2025 All right reserved to Nayasadak.com | Site By : Sobij